सर्वसम्मत नयाँ समिती चयन गर्दै शिखा सहकारीको १० औं साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, ८ असाेज। शिखा बचत तथा ऋण सहकारीले आफ्नो १०औं बार्शिक साधारणसभा सम्पन्न गरेको छ । आज सस्थामा आयोजित एक कार्यक्रमका बिच १०औं साधारणसभा सम्पन्न गरेको हो । सस्थाले आगामी ४ बर्षका लागि नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

गत असोज ५ गतेदेखि सुरुभएको शिखाको साधारणसभा आज बिधिवत रुपमा सम्पन्न भएको हो । सरकारले निर्धारण गरेको सुरक्षा मापदन्ड अपनाएर साधारणसभा सम्पन्न गरिएको सस्थाका ब्यवस्थापक तुलशी राजबंशीले जानकारी दिए ।

१०औं साधारणसभाले सर्वसम्मत रूपमा नेतृत्व चयन गरेको छ । जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइरालाको नेतृत्वमा गठन भएको निर्वाचन समितीले तेज कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत समिती चयन गरेको हो । २ जना बाहेक सबै पुरानै समिति सर्वसम्मत चयन भएको सदस्य हरि लामाले जानकारी दिए ।

साथै सस्थाले संस्थापक अध्यक्ष पृतम सुब्बालाई सम्मान गरेको छ । शिखा सहकारीको सुरुवात गर्न ठुलो भुमिका खेलेको भन्दै सुब्बालाई सम्मान गरिएको सस्थाले जनाएको छ । साथै सहकारीको १० औं बार्शिक साधारणसभा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सबैप्रती सस्थाले हार्दिक आभार ब्यक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष तेजकुमार श्रेष्ठले संस्थालाई यहाँसम्म ल्याउनका लागि निरन्तर मार्गदर्शन गर्ने संचालक समितीका साथै, साधारणसभा सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण शेयर सदस्य ज्युहरु, सस्थाका सम्पुर्ण कर्मचारी, सुभचिन्तक लगायत सबैमा हार्दिक आभार गर्दै सबैलाई धन्यवाद दिए ।

साथै शनिबारबाट सहकारीको नियमित कारोबार सुचारु हुनेपनि सस्थाले जनाएको छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...