लिम्बुवान कतार प्रवासबाट आगजनीमा घाइते भएकी विष्णुमाया लिम्बुलाई आर्थिक सहयोग

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर ।  मोरङको केराबारी २ घर भएकी बिष्णुमाया लिम्बुको उपचारका लागि संघीय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासले आर्थिक सहयोग गरेको छ । गत हप्ता अचानक घरमा आगजनी हँुदा शरीरको ८० प्रतिशत भाग जलेर असक्त भएकी लिम्बको उपचारको लागि कतारले आर्थिक सहयोग प्रदान गरेको हो ।

अचानक घरमा आगो लागेपछि उनको पुरै शरीर जलेको हुँदा हाल काठमाडौस्थित किर्तिपुर अस्पतालमा उपचार भईरहेको छ । डाक्टरहरुका सल्लाह अनुसार उपचारका लागि लामो समय सम्म अस्पतालमा राख्नु पर्ने र आर्थिक भारपनि उतिकै हुने भनी खबर प्राप्त भए पछि सलिसाम कतारले ४८ हजार ६ सय रुपैयाँ रकम सहयोग गरेको हो ।

सलिसाम कतारले उपलब्ध पदाधिकारी एवं सदस्यहरु बिचको भएको छलफलबाट आर्थिक संकलन गरि सहयोग गरेको बरिष्ठ उपाध्यक्ष डम्बर लिम्बुले जानकारी दिएका छन् ।

साथै सलिसाम कतारको हरेक कार्यमा हातोमालो गर्दै आईरहेका तेह्रथुम, सिम्ले निवासी सामाजिक अभियानता विरबहादुर थापाले बिष्णुमायाको उपचारका लागि कतारी रियल १ हजार सहयोग गरेका थिए ।

उपचारर्थ विष्णुमाया सलिसाम कतार अन्तरगत खेलकुद विभागका सदस्य मुस्कान मिभकका आमा हुन ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...