दमककै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभाको प्रतिवेशन सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ११ असोज । दमक ८ स्थित यहाँकै पुरानो राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २२ औं साधारणसभा आजबाट शुरु भएको छ । सहकारीले आज (आइतवार) बार्षिक प्रतिवेदन सार्वजनिक गरिएसंगै यसवर्षको साधारणसभा औपचारिक रुपमा शुरु गरिएको हो ।

सस्थाको सभाहलमा एक संक्षिप्त कार्यक्रम गरि साधारणसभाको उद्घाटन संस्थाका अध्यक्ष जीतमान राईले गरे । कोरोना महामारीका कारण यसवर्ष पनि सहकारीले स्वास्थ्य सावधानी अपनाएर प्रतिनिधिमूलक ढंगले साधारणसभा शुरु गरिएको व्यवस्थापक कृष्ण गोलेले बताए ।

साधारणसभाको कार्यक्रम अन्तर्गत असोज १० देखि १२ गतेसम्म सदस्यलाई प्रतिवेदन वितरण तथा सुझाव संकलन गरि असोज १४ गते समापन कार्यक्रम गरि साधारणसभा सम्पन्न गरिने २२ औ बार्षिक साधारणसभा तयारी उपसमितिका संयोजक तथा संस्थाका सचिव लछुदास राईले बताए ।

प्रतिवेदन सार्वजनिकरण कार्यक्रममा संस्थाका अध्यक्ष राई, उपाध्यक्ष धनराज राई, कोषाध्यक्ष चन्द्रमाया लिम्बू, सदस्य दिपेनवाला राई, टंक प्रसाद दुलाल, राजेन्द्र लिम्बू, ऋण उपसमितिका संयोजक पारषमणी राई लगायतका सञ्चालक, शेयर सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । ९३७ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूंजी ४ करोड ८१ लाख ८० हजार ५ सय पुगेको छ । त्यस्तै, गत वर्ष सहकारीले २५ करोड ५३ लाख ५७ हजार १४ रुपैया ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...