झापा कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन

 लिम्बुवान न्युज
                       

कमल / झापाको कमल गाउँपालिकामा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव र कृषि मन्त्री झलकबहादुर दर्लामीले अस्पतालको उद्घाटन गरेका छन् ।

अस्पतालको उद्घाटन गर्दै मन्त्री यादवले यस अस्पताललाई पूर्ण रूपमा सञ्चालन र व्यवस्थापनका लागि कुनै कमी हुन नदिने बताएका छन् । उनले पुरानो एवं वैदिक उपचार पद्धतिको अनुसरण गर्दै हरेक प्रकारका बिरामीहरूको उपचार गर्ने किसिमको अस्पतालको रूपमा यस अस्पताललाई विकास गरिँदै लैजाने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश १ का कृषि मन्त्री झलकबहादुर दर्लामीले स्वास्थ्यको क्षेत्रमा यो एउटा राम्रो काम भएको बताएका छन् । आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य क्षेत्रमा यसले नयाँ आयाम ल्याउने छ भन्ने हामी सबैको अपेक्षा छ, उनले भने ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा लखनपुरमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल सञ्चालनका लागि २ करोड ५६ लाख बजेट विनियोजन गरेको थियो । आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवं अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वारा प्रणालीबाट उपलब्ध गराउन यो बजेट विनियोजन भएको थियो ।

अस्पतालले बिहीबार देखि ओपडि सहितका सेवाहरू सुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ । आयुर्वेदिक चिकित्सासम्बन्धी स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले स्थापना गरिएको प्रादेशिक अस्पतालको २० करोड ६३ लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न भवन निर्माण भएको थियो ।
२०७५ असार ३१ गते भवन निर्माणका लागि सम्झौता भएकोमा २०७८ असार २५ गते भवनको निर्माण सम्पन्न भएको थियो । अस्पताल करिब स्थानीय जग्गा दाताहरूले दिएको २ बिगाहा १ धुर क्षेत्रफलमा फैलिएको छ ।

तीन तले सुविधा सम्पन्न भवनमा अस्पतालका लागि आवश्यक सम्पूर्ण पुर्वधारहरु निर्माण भएका छन् । छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एन आइसियु जस्ता आवश्यक कक्षहरू समेत बनाइएको छ । प्रसूति सेवा कक्ष पनि निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...