यायाेक्खा झापा अध्यक्षमा गणेश राइ सर्वसम्मत निर्वाचित

 लिम्बुवान न्युज
                       

किरात राई यायोक्खा झापाको ८औं जिल्ला अधिवेशन गणेश राईको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गर्दै सम्पन्न भएको छ ।

शनिबार राति सम्पन्न अधिवेशनको बन्दसत्रले उपाध्यक्षद्वयमा केवलराम राई र लिला राई, सचिवमा सुसन राईलाई चयन गरेको हो ।

त्यस्तै सहसचिवत्रयमा क्रमशः चिजा राई, सन्देश राई र अर्जुन राई छन् भने कोषाध्यक्ष किसन राई र सहकोषाध्यक्ष आनन्द राई निर्वाचित भएका हुन् ।

सदस्यहरु क्रमशः तारा राई, अविरल राई, शिवराज राई, हिरण राई, हर्कराज राई, दिलकुमार राई, रामकुमारी राई, जतन राई, मानबहादुर राई, ज्ञानदीप राई, सुदीप राई, धनस्वरी राई, प्रकाश राई, सुनिल राई, गौरीमान राई र केडी राई चयन भए ।

अधिवेशनको उद्घाटनसत्रमा यायोक्खा संस्थापक उपाध्यक्ष जितमान राई, प्राद्यापक डाक्टर पृथ्वी विक्रम राई र नेत्ररोग विशेषज्ञ डा. सरदचन्द्र राईलाई सामाजिक, शैक्षिक र मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको थियो ।

शनिबार इन्द्रमान चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा यायोक्खा उपाध्यक्ष जीवन हाताचो, प्रदेश संयोजक पारसमणि राई, प्रदेश सभा सदस्य राधा थापालगायत अतिथि सहभागी थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...