लिम्बुवान मञ्चको फेदेन नगर अधिवेशन आयोजक समिति गठन

 लिम्बुवान न्युज
                       


पाँचथर, २१ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल फेदेन नगर समितिको अधिबेशन आयोजक समिति गठन भएको छ । मंगलबार फेदेनस्थित होटल सिङ्गापुरको सभाहलमा सम्पन्न भएको हो ।

चौथो नगर अधिबेशनको लागि प्रान्तीय सचिवालय सदस्य देउकुमार नेम्बाङको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको हो । सहसंयोजकमा बीरबहादुर केरुङ, याम नेम्बाङ, सदस्य सचिवमा दिल तुम्रोक, सहसचिवमा सरोज कुगेनाम्बा, अर्थसचिवमा पुर्ण तुम्बापोलाइ चयन गरिएको छ । यसरी नै सदस्यहरूमा सुरेन्द्र सेवां, सुरेन्द्र सावाँ, मनप्रसाद तुम्बापो, सुमन हाङ्सरुम्बा, नुमा एक्तेन, गौरव हाङ्सरुम्बा, सीता खवास, बिरेन्द्र आङ्बो, सदाम फागो, लक्षुमन तुम्बापो रहेका छन् ।

मञ्चका संघीय सहसचिव सागर केरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रान्तीय उपाध्यक्ष रामकुमार लिङ्देन, जिल्ला अध्यक्ष चन्द्रराज आङ्देम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...