महासंघ झापाले दियो स्व. पत्रकार पाठक परिवारलाई एक लाख सहयोग

 लिम्बुवान न्युज
                       


दमक, २८ भदाैं । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । स्व. पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक अध्यक्ष हुन् ।

पाठक परिवारको तर्फबाट बुहारी हिमाले महासंघ झापाको काम अनुकरणीय भएको बताउदै धन्यवाद ज्ञापन गरिन् ।

अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

महासंघ झापाले पत्रकार सहारा उपचार कोषको कार्यविधिमै महासंघका सदस्यको मृत्यु भएमा परिवारलाई अधिकतम् एकलाख रुपैयाँसम्म प्रदान गर्ने यसैवर्षबाट व्यवस्था गरेको छ । गत अधिवेशनबाट पारित कार्यविधि अनुसार सदस्यको मृत्यु पश्चात पहिलोपटक महासंघले उक्त रकम प्रदान गरेको महासंघका कोषाध्यक्ष तथा कोषका सदस्य सचिव रञ्जित प्रसाईले जानकारी दिए ।

त्यस्तै यसै साता महासंघ झापाका सदस्यहरु तीन जना पत्रकार महिलालाई सुत्केरी वापत जनही २५ हजार रुपैयाँका दरले सुविधा रकम प्रदान गरेको छ ।

पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हाल एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । ०८१ वैशाख ३ गते कोषमा उक्त रकमको घोषणासहित दाताहरुलाई सम्मान गरिएको थियो । कोषको ब्याजबाट पत्रकारहरुको सामाजिक सुरक्षामा सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार सहारा उपचार कोष मार्फत महिला पत्रकार सुत्केरी हुँदादेखि महासंघका सदस्यको मृत्युपश्चातसम्म परिवारजनलाई सहयोग पु¥याउने कार्यले श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान हुँदै आएको कार्यक्रमका सहभागीले चर्चा गरे ।

(तस्वीरः विनोद पाण्डे ) 

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...