२०७२ मा जारी संविधान पुनरावलोकन बारे बहसको शुभारम्भ

 लिम्बुवान न्युज
                       


ललितपुर, २ भदौं । नेपाल आदिवासी जनजाति महासंघ र लाहुर्निपको संयुक्त आयोजनामा “संविधानको पुनरावलोकन र आदिवासी जनजातिको अधिकार सम्बन्धि आदिवासी सभा“ भब्य रुपमा सम्पन्न भएकोछ ।

ललितपुरस्थित किरात याक्थुङ चुम्लुङकाे संघीय कार्यालयकाे सभाहलमा सम्पन्न कार्यक्रममा अधिबक्ता शंकर लिम्बुको कार्यपत्रमा दर्जनौ आदिवासी जनजाति संघ संस्थाका प्रतिनिधि तथा अभियान्ताहरुले आ–आफ्नो धारणा सहित सुझाबहरु रहेका छन् ।

नेफिन र लाहुर्निपद्वारा उक्त बिचारहरुलाई दस्ताबेजिकरण गरि आगामी दिनहरुमा संविधान बारे बहसलाई थप अगाडि बढाउने कार्ययोजना बनाईएको नेफिन महासचिव दिवस राईले बताउनु भयो ।

कार्यक्रममा नेफिनका संस्थापक महासचिव तथा राष्ट्रियसभा सदस्यमा. सुरेश आले मगर लगायत विभिन्न जातीय घटक संस्थाहरु, सम्बन्धन संगठनहरु र भुमि, सम्पदा अधिकार आन्दोलनका अभियान्ताहरु गरि १५० भन्दा बढिको सहभागिता रहेको थियो ।

कार्यक्रम नेफिनका अध्यक्ष ग्याल्जे शेर्पाकाे संयाेजकत्वमा भएकाे थियाे । (तस्वीरः दिवस राइकाे संजालबाट)

सम्बन्धित समाचार

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...