सुशिल लिम्बु मोरोहाङको अध्यक्षतामा लिम्बु पत्रकार संघ इलाम गठन

 लिम्बुवान न्युज
                       


दमक, १७ भदौं । लिम्बू पत्रकार संघ जिल्ला कार्य समिति इलामको चौँथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । इलामस्थित नेपाल आदिवासी जनजाति महासंघको सभाहलमा आयोजित अधिवेशनको बन्दसत्रबाट सुशिल मोराहाङको अध्यक्षतामा नयाँ समिति गठन गरिएको हो ।

उक्त अधिवेशनबाट समितिको उपाध्यक्षमा सेष्टि कुरुम्बाङ लिम्बु, सचिवमा सरोज जवेगु लिम्बु, सह–सचिवमा नविन फागो लिम्बु र कोषाध्यक्षमा ऐनकला नेम्बाङ लिम्बु चयन भएका छन् भने सदस्यहरुमा अनिता जवेगु, संगीता सम्बाहाम्फे, पुजा राई (लिम्बु) र अनुपहाङ लिम्बु निर्वाचित भएका छन् ।

साथै उक्त अधिवेशनबाट प्रदेश अधिवेशन प्रतिनिधिहरुमा रेखा लिम्बु, भिमसेन लिम्बु र प्रकृति लिम्बु त्यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा सन्तोष नेम्बाङ र युवराज लिम्बु चयन भएको जिल्ला समिति इलामले जनाएको छ ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका जिल्ला अध्यक्ष बुद्धमाया साेङमी, सचिव राम याेङहाङ र लिम्बु पत्रकार संघका महासचिव जीवन याेङहाङकाे उपस्थिति रहेकाे थियाे ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...