दमकमा सुविधायुक्त “होटल नर्वदा” संचालनमा आयाे

 लिम्बुवान न्युज
                       

दमक। दमकका युवा उद्यमी रुपक दाहालले दमक ४ को कृष्णमन्दिरमा दमककै सुविधा युक्त होटल नर्वदा संचालनमा ल्याएका छन् ।

संचालकः रूपक दाहाल

विगत ५ बर्ष देखि निर्माण शुरु भएको होटल एक कार्यक्रम बिच बुधबार उद्घाटन गरी संचालनमा आएको हो । १९ वटा डिलक्स रुप सहितको सो होटल स्टार होटलले दिने सुविधा सहित शुरु भएको संचालक दाहालले बताए ।

रेष्टुरेण्ट, बार र हलको समेत सुविधा भएको उक्त होटलमा पार्किङ्को राम्रो सुविधा हुनुका साथै चाडै नै चिल्डेन पार्क र स्वीमिङ् निर्माण गरिने संचालक दाहालले बताए । उनले– दमकमा एकान्तमा गएर शान्त वातावरणमा स्टार लेवलको होटलले दिने सुविधा कतै नभएको दावी गर्दै यस होटलले त्यो सुविधा दिने बताए । त्यसैगरी उनले सस्तो र पारिवारिक वातावरणमा स्टार लेभलको सुविधा दिन सकिने समेत बताए ।

दमक देशकै मुटु भएको हुँदा यहाँ अर्बौका प्रोजेक्टहरु भ्यू टावर, बुद्धको मुर्ती औधोगिक कोरिडोर ल्गायतका महत्वपूर्ण योजनाहरुलाई लक्षित गर्दै सुविधा युक्त होटल निर्माण गरेको बताउनु हुने दाहालले करिब ५ करोडको लागतमा होटल संचालनमा ल्याएका हुन् ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...