दमकमा थप १ जना काेराेना संक्रमितकाे मृृृत्युु, मृतक संंख्या ९ पुग्याे

 लिम्बुवान न्युज
                       

दमक/  झापाको दमकमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दमक ७ का अन्दाजी ५२ बर्षिय पुरुषको आज मृत्यु भएको हो । 
दमक नगरपालिकाका स्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार ति पुरुषमा ६ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी होम आइसोलेसनमै उपचाररत थिए । आज बिहान उनको स्वास्थ्य अवस्था जटिल बन्दैगएपछि दमक अस्पताल लगिएकोमा चिकित्सकहरुले उनलाइ मृत घोषणा गरेकाे थियाे । यस अघि दमक १० का ६८ बर्षिय धिमाल समुदायका एक पुरुषको मृत्यु भएको थियो । यससंगै दमकमा कोरोना संक्रमित मृतकको संख्या ९नगरपालिका स्वास्थ्य शाखाले जनाएकाे छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...