गौतमबुद्ध अन्तर्राराष्ट्रिय रंगशालाको काम दसैँमा नि निरन्तर

,   लिम्बुवान न्युज
                       

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम दसैँ विदामा पनि निरन्तर भइरहेकाे छ ।

रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले दसैँंको समयमा समेत करिव १ सय ५० जना कामदार निर्माणमा खटिरहेकाे जनाएकाे छ ।

अध्यक्ष सीताराम कट्टेल धुर्मसले कामदारको चाहनाअनुसार नै दसैँको अवधिमा पनि काम गर्न लागिएको बताए । ‘हामीसँग भएका कामदारमध्ये कतिपय दसैँंका लागि घर जानुहुन्छ । अहिलेको परिस्थिति र निर्माण कार्यको अवस्थालाई मध्यनजर राख्दै सबैसँग प्रतिक्रिया माग्दा धेरै जसोले रंगशाला उभ्याएर मात्रै घर जाने बताएपछि काम सञ्चालन गर्न लागिएको हो,’ कट्टेलले भने ।

रंगशालामा अहाेरात्र खटिरहेका सबै मजदुर तथा कर्मचारीहरूलाई टीका लगाएर यहीँ दसैँं मनाउने धुर्मसले बताए ।

२०७६ चैत ११ गते लकडाउन सुरु भएपछि करिब डेढ महिना काम रोकिए पनि २०७७ वैशाख २० गतेदेखि ३० जना कामदारबाट निर्माणको काम पुनः सुरु गरेको थियो । हाल २ सय ३३ जना मजदुर कार्यरत रहेकाे अध्यक्ष कट्टेलले भने ।

रंगशालाको ३ सय ६० वटा पिल्लरमध्ये २ सय वटा पिल्लर ठड्याइसकिएको छ ।

स्टान्ड ‘ए’ मा सबै पिल्लर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड ‘बी’मा ६५ वटा पिल्लर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

परियोजना व्यवस्थापक जनार्दन शर्माका अनुसार रंगशालाको दुई स्टान्डको जगको ढलानमा ६० प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै, टाइवीमको काम १३ प्रतिशत सकिएको छ । मैदानको काम यसअघि नै ८५ प्रतिशत सम्पन्न भइसकेको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण, आवश्यक मालसामाग्रीहरुको अभाव, कामदारहरुको समस्या, बर्खा र निरन्तरको झरीका बावदुद पनि रंगशालाको काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए ।

हालसम्म रंगशाला निर्माणमा ३० कराेड ५५ लाख खच भइसकेकाे छ भने  अहिलेसम्म २४ करोड १४ लाख ६० हजार रकमको आर्थिक स्रोत जुटेकाे अध्यक्षा कट्टेलले बताए ।

फाउण्डेशनका आर्थिक प्रशासन प्रमुख मुक्ति तिमल्सिनाका अनुसार अझै ६ करोड ४० लाख ५२ हजार ऋणमा रंगशाला निर्माण भइरहेकाे देखिन्छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;