आइपिएलः प्लेअफका ३ टिम लगभग पक्का, शीर्ष २ का लागि रोचक प्रतिस्पर्धा हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। इण्डियन प्रिमियर लिगको जारी सिजनका लगभग ७० प्रतिशत खेल सकिएका छन् । ४१ औं खेल सकिँदा प्लेअफ पुग्ने ३ टिन लगभग पक्का भएका छन् । अहिलेको तालिकामा शीर्ष ३ मा क्रमशः मुम्बइ इण्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर छन् । यी ३ टिम प्लेअफ पुग्ने लगभग पक्का भएको छ । चौथो स्थानको लागि बाँकी ५ टिमबीच प्रतिस्पर्धा छ । यद्यपि चौथो स्थानका लागि मुख्य प्रतिस्पर्धी भने ४ टिम मात्र हुन् । अंक तालिकाको अन्तिममा रहेको चेन्नइ सुपरकिंग्सको गणितीय सम्भावना त बाँकी छ तर त्यो सम्भावना अत्यन्तै झिनो छ र चेन्नइ लगभग प्लेअफको दौडबाट बाहिरिएकै मान्दा अनुचित देखिँदैन ।

यो सिजन शीर्ष २ स्थानमा लागि निकै रोचक प्रतिस्पर्धा हुने निश्चित छ । शीर्षमा रहेका मुम्बइ, दिल्ली र बैंगलोर तीनवटै टिमको अंक १४ छ । अंक समान भएर नेट रनरेटका आधारमा मात्र यी टिमहरु अघिपछि छन् । रोचक त के भने यी तीन टिमका बाँकी खेलहरु एक आपसमै छन् जुन खेल निकै रोमाञ्चक हुनेछन् । यिनै खेलले शीर्ष २ स्थानमा पर्ने वा तेस्रो र चौथो स्थानमा पर्ने भन्ने तय गर्नेछन् । बाँकी खेलमा मुम्बइले एक खेल दिल्लीसँग र एक खेल बैंगलोरसँग खेल्न बाँकी छ । दिल्ली र बैंगलोरबीच पनि एक खेल बाँकी छ । यी तीन खेलले अंक तालिकाको समीकरणमा ठूलो हलचल ल्याउने भएकोले निकै रोमाञ्चक हुनेछन् ।

चौथो स्थानका लागि प्रतिस्पर्धामा रहेका टिमहरुमध्ये कोलकाता नाइटराइडर्स १० अंकका साथ सबैभन्दा अगाडि छ । सनराइजर्स हैदराबाद र किंग्स ११ पंजाबको ८–८ अंक छ । राजस्थान रोयल्सको पनि ८ अंक त छ तर उसले अन्य ३ टिमले भन्दा १ खेल बढी खेलिसकेको छ । अर्थात कोलकाता, हैदराबाद र पंजाबले अझै ४ खेल खेल्न बाँकी छ तर राजस्थानले ३ खेल मात्रै खेल्न बाँकी छ । बाँकी खेल संख्याका कारण राजस्थान कठिन अवस्थामा छ । तालिकाको अन्तिममा रहेको चेन्नइको मात्रै ६ अंक छ र ३ खेल मात्र बाँकी छ । चेन्नइको अब गणितीय सम्भावना बाहेक प्लेअफ पुग्ने स्थिति देखिँदैन । अहिलेसम्मको स्थितिले कोलकातालाई प्लेअफ पुग्ने बाटो सबैभन्दा सहज देखिन्छ ।

प्लेअफ पुग्नको लागि कोलकातालाई अरु टिमलाई जस्तो कठिनाइ नहुनुपर्ने देखिन्छ किनकि अहिलेको तालिकामा कोलकाता ५ खेल जितेर १० अंकका साथ चौथो स्थानमा छ र उसले अझै ४ खेल खेल्न बाँकी छ । उसले बाँकी ४ मध्ये २ खेल मात्र जिते प्लेअफ पुग्न सक्छ । कोलकाताका बाँकी ४ मध्ये ३ खेल पंजाब, चेन्नइ र राजस्थानसँग बाँकी छन् । यी तीनवटै टिम अहिलेसम्म ऊभन्दा पछि भएकोले उसलाई यी टिमसँगको खेल सहज हुने अनुमान गर्न सकिन्छ । कोलकाताको एउटा खेल दिल्ली क्यापिटल्ससँग बाँकी छ । कोलकाताले आफूभन्दा पछि रहेका टिममध्ये जुन टिमलाई हराउँछ कोलकाता प्लेअफको नजिक पुग्नेछ भने हार्ने टिम बाहिरिने खतरासितर धकेलिनेछ ।

सनराइजर्स ८ अंकका साथ पाँचौं स्थानमा छ । पछिल्ला ५ टिममध्ये यो एउटा मात्र टिम हो जसको नेट रनरेट प्लसमा छ । यस्तोमा चौथो स्थानका लागि भएको टक्करमा सनराइजर्सको अरु कुनै टिमसँग अंक बराबरी भयो भने प्लस नेट रनरेटका आधारमा ऊ माथि हुनेछ । तर, सनराइजर्सको लागि सबैभन्दा ठूलो समस्या भनेको उसका बाँकी ४ मध्ये तीन खेल मुम्बइ, दिल्ली र बैंगलोरसँग छ । यी तीनवटै टिम यो सिजन निकै बलिया देखिएका छन् र १४ अंकका साथ शीर्ष ३ स्थानमा छन् ।

किंग्स ११ पंजाबको पनि ८ अंक नै छ तर नेट रनरेटका कारण छैटौं स्थानमा छ । पंजाबका लागि नेट रनरेट एउटा समस्या छ तर बाँकी ४ खेलमा पंजाब फाइदामा छ किनकि पंजाबका बाँकी ४ खेलमध्ये कुनै पनि खेल शीर्ष ३ टिमसँग छैन । तुलनात्मक रुपमा कमजोर टिमसँग मात्रै खेल बाँकी रहेकोले पंजाबलाई बाँकी खेल जितेर अगाडि जाने मौका छ । सातौं स्थानमा रहेको राजस्थान रोयल्स र आठौं स्थानको चेन्नइ सुपरकिंग्स भने आफ्नै दममा प्लेअफ पुग्न सक्ने स्थितिमा छैनन् । अन्य खेलहरुको नतिजा पनि अनुकूल भइदिएमा मात्र यी दुईको प्लेअफ पुग्ने सम्भावना रहनेछ अन्यथा आफूले बाँकी खेल जितेकै भरमा राजस्थान र चेन्नइ प्लेअफ पुग्न कठिन छ ।

(डिसी नेपालबाट)

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...