चुलाचुली १ का वडाध्यक्ष पूर्ण लावती मोटरसाईकल दुर्घटनामा परि शक्त घाइते

 लिम्बुवान न्युज
                       

दमक। इलाम चुलाचुली गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पूर्ण लावती (ध्रुव) मोटरसाईकल दुर्घटनामा परि घाइते भएका छन् । उनको विर्तामोड स्थित बि.एण्ड सि. हस्पिटलमा उपचार भईरहेको छ ।

आइतबार साँझ घरतर्फ जाने क्रममा नजिकैको दाहाल खोल्सीकाे खाल्डाेमा परि दुर्घटना हुँदा घाँटीको हड्डीमा असर परेर नसाँ च्यापिएर हात खुट्टा समेत चल्न नसकेपछि तुरुन्तै बिराटनगर न्यूरो हस्पिटल पुर्याइएको थियो । तर त्यहाँ भेन्टिलेटर खाली नभएपछि बिर्तामोड ल्याइएको भाइ आइन्द्र लावतीले बताए ।

निर्वाचित वडाध्यक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय सदस्य समेत हुन् । स्थानीय चुनावमा चुलाचुली वडा नं. १मा मञ्चले प्यानलेनै चुनाव जितेको थियो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...