दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल

 लिम्बुवान न्युज
                       

काठमाडाैं। नेकपाका नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले दसैं नमान्ने बताएका छन् । कम्युनिष्टहरुले धर्मलाई अफिमको संज्ञा दिने भएकोले आफूले दसैं नमान्ने गरेको उनले बताए ।

पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा नेता गजुरेलले यो कुरा बताएका हुन् । उनले भने, ‘दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन । कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वास गर्दैन ।’

कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापमा विश्वास नगर्ने उनको भनाइ छ ।

सो क्रममा उनले आफू कहिल्यै मन्दिर नगएको र आगामी दिनमा पनि नजाने अठोट लिएको बताए । उनले आफूसहित नेकपाका धेरै नेताहरुले दसैं नमनाउने जानकारी दिए ।

तर जनताले धर्म मानेकोमा आफूहरुको कुनै आपत्ति नरहेको उनले प्रष्ट पारे ।

नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उनको टिप्पणी छ । उनले आफ्ना अधिकांश कार्यकर्ता कम्युनिष्ट हुन नसकेको घुमाउरो पाराले उनले बताए । (सार्वजनिक बाट)

(सुनाै सम्वाद)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...