मिक्लाजुङमा लडेर एकको मृत्यु

 लिम्बुवान न्युज
                       

मृतकः राम बहादुर लावती

रबि। पाँचथरको मिक्लाजुङ् ५ थुमथुमेमा मंगलबार साँझ एक पुरुषको भिरबाट लडेर मृत्यु भएको छ ।
मिक्लाजुङ् वडा नं. ५ थुमथुमे बस्ने अन्दाजी बर्ष ५३ का राम बहादुर लावतीको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको हो । घरमा कोही नभएको अवस्थामा सो घटना घटेको वडाध्यक्ष अविसन लावतीले बताए ।

बुधबार बिहान कुलोमा पानी बनाउन आउने एक प्रत्यक्षदर्शीले मृतकलाई कुलोमा लढिरहेको देखेपछि जनप्रतिनिधिलाई जानकारी गराएका थिए । जनप्रतिनिधिले तत्काल इलाका प्रहरी कार्यालय रबिलाई जानकारी दिएपछि आएका प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमको लागि इलाका स्वास्थ्य कार्यालय रबि लगिएको छ । बुधबार अबेर मात्र लासलाई रबि पु¥याइएको हुँदा बिहीबारमात्र मृतकको पोष्टमार्टम गरिने वडाध्यक्ष लावतीले बताएका छन् ।

मृतकको बाहिरी केही नदेखिएको हुँदा कुलोमा लढेर उठ्न नसकेपछि पानी खाएर मृत्यू भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । पोष्टमार्टम पश्चात बिहीबार नै मृतकको अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ ।

मृतकको श्रीमती, ३ छोरा र १ छोरी रहेका छन् ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;