इलामका डाँडाकाँडामा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मज्जा

 लिम्बुवान न्युज
                       

इलाम : हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारा
सहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

हरियो कार्पेट झै लाग्ने चियाबारीहरुले इलामलाई हरियालीको पर्याय बनाएको छ । पर्यटकीय सम्भावनाको अपार खानी रहेको इलाममा अब अर्को पर्यटकीय खेलले प्रवेश पाएको छ ।

इलामका डाँडाकाँडा र गोरेटोहरुमा दूध बोक्ने घोडाहरुसँगै साइक्लिङको मजा पनि लिन पाइने भएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङबाट सुरु भएको सामुहिक साइकल यात्राका साइकल यात्रीले इलाममा आइपुगेपछि साइक्लिङले कोरोना कहरमा शुन्य रहेको पर्यटन क्षेत्रमा केही हदसम्म भएपनि गति लिने विश्वास व्यक्त गरेका थिए ।

पहाडमा साहसिक साइकल यात्राका लागि राम्रो सम्भावना भएकाले यात्रा रोमाञ्चकसमेत भएको यात्रुहरुको भनाइ छ । लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको साइकल यात्रामा विभिन्न पेशामा आवद्ध १३ युवा साइकल यात्रीहरु सहभागी भएका थिए ।

ताप्लेजुङको सुकेटारदेखि सुरु भएको चार दिने साइकल यात्रा द हिमालयन माउण्ट बाईक विर्तामोडको सहयोगमा सञ्चालन भएको थियो ।

साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारीलगायतका क्षेत्र छिचोल्दै दुई सय ३० किलोमिटर यात्रा गरेका थिए ।

इलामको अधिकांश गाउँ छिचोलेका उनीहरुले देखेको सम्भावनालाई सफलतामा परिणत गर्ने हो भने वास्तवमा इलामसहित पूर्वी पहाडले परिचयको नयाँ आवरण ओड्न पाउने निश्चित छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...