श्रीमानले नै गरे श्रीमतिको हत्या ! मृतकका श्रीमान पक्राउ

 लिम्बुवान खबर
                       

श्रीमान भण्डारीले युट्युवर तथा घटनास्थल पुगेका पत्रकारहरुलाई आफु घर आँउदा बिभत्स अवस्थामा शव देखेको र आफु वाहिर गएको समयमा हत्या भएको भन्दै अन्तरवार्ता नै दिएका थिए । प्रहरीले भने प्राम्भिक चरणमा उनितर्फ अनुसन्धान बढाएको थिएन ।

घटनास्थलको प्रकृती तथा पोष्टमाटम रिर्पोट लगायतका आधारमा हत्या गरिएकी महिलाका श्रीमान भण्डारीलाई प्रहरीले अभियुक्तको रुपमा हेर्न सकिने भन्दै अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाएको प्रहरी श्रोतको भनाई छ । उनले हत्या गरेको हुँ भनेर स्वीकार गरेको अवस्था छैन, अनुसन्धानमा संलग्न प्रहरी श्रोतको भनाई छ ।

कमल गाँउपालिकाबाट उनिहरु सोहिदिन गौरादहस्थित उक्त घरमा पुगेका थिए । श्रीमान भीमबहादुरले श्रीमति मनमायालाई उक्त घरमा लगेका थिए ? प्रश्न उब्जेको छ । घटनाको बिषयमा चाँडै अनुसन्धान गरेर बाहिर सार्वजनिक गरिनु पर्ने स्थानीयको माग छ ।

हत्या अभियोगमा श्रीमान भण्डारीको पक्राउबारे जिल्ला प्रहरी कार्यालयले पठाएको विवरण यस्तो छ-

श्रीमती मारेको आरोपमा भिम ब. भण्डारी पक्राउ:

प्रेस नोट:-

मिति २०७७/०६/१२ गते अं. १६:३० बजेको समयमा जिल्ला झापा गौरादह न.पा. वडा नं. ०१ स्थित  भिम बहादुर भण्डारीको घरमा निजको श्रीमती बर्ष ६५ की मनमाया भण्डारीको मृत लाश फेला परेको भनि प्रहरीलाई सूचना आए पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा, घट्नास्थलको अनुसन्धान, घरपरिवार, स्थानिय बासिन्दा, छरछिमेकका ब्यक्तिहरुबाट बुझिएका कुराहरु साथै बि.पि.के.आई. एच. एस. धरान सुनसरीबाट प्राप्त पोष्टमार्टमको रिपोर्टमा उल्लेख भएको मृत्युको समय बिश्‍लेषणबाट मृतक मनमाया भण्डारीको श्रीमान बर्ष ६४ को भिम बहादुर भण्डारी मृतक मनमाया भण्डारी संगै रहेको समयमा नै घट्ना भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको हुँदा निज भिम बहादुर भण्डारीलाई सम्मानित जिल्ला अदालत झापाबाट मिति २०७७/०६/१६ गते दिन ७ म्याद थप गरी थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;