डा. केसीलाई भेटेपछि सरकारलाई पूर्वराष्ट्रपतिको आग्रह : अमूल्य सम्पत्ति बचाउनुस्

 लिम्बुवान खबर
                       

१९ औं दिनसम्म केसीको अनशनप्रति सरकारको बेवास्ता

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर अनशन बसेका डा. गोविन्द केसीलाई भेट्न शुक्रवार पूर्वराष्ट्रपति डा. रामबरण यादव त्रिवि शिक्षण अस्पतालमा पुगे ।

भेटमा डा. यादवले केसीलाई महात्मा गान्धीसँग तुलना गरे । ‘सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको छ’ उनको भनाइ थियो ।

डा. यादवले केसीसँग अनशनमा विगतमा जस्तै ऐक्यवद्धता जनाउन आएको जानकारी गराए । डा. यादवलाई उधृत गर्दै डा. केसीका सहयोगी सञ्जीव कार्कीले भने, ‘सरकारले माग पूरा गरेर राष्ट्रको अमूल्य सम्पत्ति डा. केसीलाई बचाउनुपर्छ ।’

करिव ७ मिनेट केसीसँगको भेटघाटमा बिताएका डा. यादवले उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै उपचारमा खटिने स्वास्थ्यकर्मीलाई धन्यवाद दिए । डा. केसीले बोल्न नसके पनि हात उठाएर पूर्वराष्ट्रपतिलाई धन्यवाद दिएका कार्कीले बताए । पूर्वराष्ट्रपति बोल्दै गर्दा डा. केसीका आँखा पिल्पिलाएका थिए ।

डा. केसीको उपचारको लागि सरकारलाई गम्भीर भएर सोच्न पनि डा. यादवले आग्रह गरे । अहिलेसम्म डा. केसीले सलाइन पानी बाहेक कुनै पनि औषधी र उपचार लिन मानेका छैनन् ।

शुक्रबार नै डा. केसीलाई भेट्न पूर्वमन्त्री दीपक बोहरा पनि पुगेका थिए । डा. केसीको अनशनको शुक्रबार १९ औँ दिन हो । छ बुँदे माग राखी जुम्लाको चन्दननाथ–६, बाबिरामस्टा मन्दिरको धर्मशालाबाट २९ भदौमा सत्याग्रह शुरु गरेका डा. केसी गत ६ असोजमा काठमाडौंस्थित टिचिङ अस्पतालको ५०१ नम्बर कोठामा अनशनरत छन् ।

सरकारले भने अहिले अनशन बस्ने समय नभएको भन्दै फिर्ता लिन डा. केसीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले डा. केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका थिए ।

डा. केसीका कतिपय माग पूरा भएको र कतिपय विषयमा पछि पनि छलफल गर्न सकिने भन्दै उनले अहिले अनशन बस्न उपयुक्त समय नभएको जिकिर गरेका थिए । अनशनको १९ औं दिनसम्म सरकारले केसीको मागबारे छलफल गर्ने र अनशन अन्त्यका लागि औपचारिक पहल गरेको छैन । (Onlinekhabar)

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...