सुनिहाङ्मा मृत्यु प्रकरण : चारै आरोपी धरौटी बुझाएर तारेखमा रिहा

 लिम्बुवान खबर
                       

धरान । धरान ११ की सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा पक्राउ परेका ससुरा सहित ४ जना धरौटी बुझाएर बुधवार तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि आज ५ नम्बर इजलासका न्यायाधीश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । जनही एक लाख ५० हजार धरौटी बुझाएर तारेखमा छोड्न आदेश भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

भदौ २२ गते धरान ११ मा सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु भएपछि माइती पक्षले किटानी जाहेरी दिए पछि मृतकका ससुरा भीम माबो, आमाजू सज्नु माबो, विमला माबो र हेमकुमार माबोलाई भदौ २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

माइती पक्षले हत्या आशङ्कामा जाहेरी दिए पनि चारै जनामाथि आत्महत्या दुरुत्साहान मुद्दाको अभियोग मात्रै दर्ता भएको थियो । सोही मुद्दाको थुनछेक बहस मङ्गलवार देखि सुरु भएको थियो । बुधवार दिउसो २ बजे थुनछेक बहस सकिएको हो ।

गत भदौ २२ गते बिहान सुनिहाङ्माले आफ्नै कोठाको पङ्खामा सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको भनिए पनि जनप्रतिनिधि, प्रहरी र माइती पक्ष घटनास्थलमा पुग्दा सुनिहाङ्माको शव झराएर बेडमा सुताइएको अवस्थामा फेला परेपछि सुनिहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

सुनिहाङ्माको मृत्यु प्रकरणमा बुधवार आरोपीहरु छुटे पनि अदालतले अन्तिम फैसला भने गरेको होइन । अझै पनि थुप्रै अनुसन्धानहरु हुने र हरेक महिना आरोपीहरुले तारेख खेप्नुपर्ने डिएसपी बस्नेतले बताए ।

यता माइती पक्षकाले भने सुनिहाङ्मा न्यायिक अभियान समितिको गठन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आएको छ । यो समितिले अदालतको निर्णयलाई सम्मान गर्दै अझै पनि थुप्रै अनुसन्धानको पाटोहरु बाँकी रहेकोले दोषीलाई कारबाही हुनेमा विश्वस्त रहेको समितिका सहसंयोजक अरुण तिगेलाले बताए ।

विवाह गरेको ३ महिना नपुग्दै सुनिहाङ्माको मृत्यु हुनु, त्यसै पनि रहस्यमय भएको भन्दै समितिले न्यायालयले निष्पक्ष छानबिन गर्ने र मृतकका श्रीमान् आइत माबोलाई नेपाल झिकाएर अदालतमा उभ्याउने विश्वास माइती पक्षको रहेको सहसंयोजक तिगेलाले बताए ।

सम्बन्धित समाचार

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...

लेखक तिम्सिनालाई मरणोपरान्त नगर स्रष्टा सम्मान

दमक/ खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गरेका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान गर्ने भएको छ । पथरी शनिश्चरे नगरको उपसमितिका रुपमा रहेको कला...