सुनिहाङ्मा मृत्यु प्रकरण : चारै आरोपी धरौटी बुझाएर तारेखमा रिहा

 लिम्बुवान खबर
                       

धरान । धरान ११ की सुनिहाङ्मा लिम्बुको मृत्यु प्रकरणमा पक्राउ परेका ससुरा सहित ४ जना धरौटी बुझाएर बुधवार तारेखमा रिहा भएका छन् ।

जिल्ला अदालत सुनसरीमा थुनछेक बहस पछि आज ५ नम्बर इजलासका न्यायाधीश प्रकाश श्रेष्ठको आदेश अनुसार उनीहरु धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । जनही एक लाख ५० हजार धरौटी बुझाएर तारेखमा छोड्न आदेश भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

भदौ २२ गते धरान ११ मा सुनिहाङ्मा लिम्बुको रहस्यमय मृत्यु भएपछि माइती पक्षले किटानी जाहेरी दिए पछि मृतकका ससुरा भीम माबो, आमाजू सज्नु माबो, विमला माबो र हेमकुमार माबोलाई भदौ २४ गते प्रहरीले पक्राउ गरेको थियो ।

माइती पक्षले हत्या आशङ्कामा जाहेरी दिए पनि चारै जनामाथि आत्महत्या दुरुत्साहान मुद्दाको अभियोग मात्रै दर्ता भएको थियो । सोही मुद्दाको थुनछेक बहस मङ्गलवार देखि सुरु भएको थियो । बुधवार दिउसो २ बजे थुनछेक बहस सकिएको हो ।

गत भदौ २२ गते बिहान सुनिहाङ्माले आफ्नै कोठाको पङ्खामा सलले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको भनिए पनि जनप्रतिनिधि, प्रहरी र माइती पक्ष घटनास्थलमा पुग्दा सुनिहाङ्माको शव झराएर बेडमा सुताइएको अवस्थामा फेला परेपछि सुनिहाङ्माको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिएको थियो ।

सुनिहाङ्माको मृत्यु प्रकरणमा बुधवार आरोपीहरु छुटे पनि अदालतले अन्तिम फैसला भने गरेको होइन । अझै पनि थुप्रै अनुसन्धानहरु हुने र हरेक महिना आरोपीहरुले तारेख खेप्नुपर्ने डिएसपी बस्नेतले बताए ।

यता माइती पक्षकाले भने सुनिहाङ्मा न्यायिक अभियान समितिको गठन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आएको छ । यो समितिले अदालतको निर्णयलाई सम्मान गर्दै अझै पनि थुप्रै अनुसन्धानको पाटोहरु बाँकी रहेकोले दोषीलाई कारबाही हुनेमा विश्वस्त रहेको समितिका सहसंयोजक अरुण तिगेलाले बताए ।

विवाह गरेको ३ महिना नपुग्दै सुनिहाङ्माको मृत्यु हुनु, त्यसै पनि रहस्यमय भएको भन्दै समितिले न्यायालयले निष्पक्ष छानबिन गर्ने र मृतकका श्रीमान् आइत माबोलाई नेपाल झिकाएर अदालतमा उभ्याउने विश्वास माइती पक्षको रहेको सहसंयोजक तिगेलाले बताए ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...