पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

 लिम्बुवान खबर
                       

धरान । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । नतिजा घोषणा भएको दुई महिनापछि आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रम बिच पुरस्कार वितरणा गरेकाे हाे ।

करिब तीन महिना चलेको प्रतियोगिताको अन्तिम निर्णय गत साउन २२ गते सार्वजनिक भएपनि कोभिड–१९ को महामारी र लकडाउनका कारण तत्कालै पुरस्कार वितरण गर्न नसकिएको सयङले सूचना मार्फत जनाएको थियो ।

सामाजिक दूरी कायम गर्दै सीमित सहभागितामा धरानमा विभिन्न शीर्ष विधाका विजेताहरू सहित प्रतियोगिताका विजयीहरूलाई नगद, सम्मानपत्र र उपहारसहित पुरस्कृत गरिएको प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङले बताए । उनले अन्य विजेतासहित उत्कृष्ट दश, शीर्ष पाँच विधाका विजेता र ११ जना व्यक्तित्वहरूलाई सम्मानित गरिएको जनाए । उनीहरूलाई प्रमुख अतिथि एवम् धरान प्रज्ञा प्रतिष्ठानका प्रमुख अम्बिका सम्बाहाम्फेले सम्मान गरेका थिए ।

नेपाल लगायत प्रवासबाट ३५२ सहभागी
याक्थुङ(लिम्बु) समुदायको मौलिक गायन विधा मानिने पाःलाम प्रतिस्पर्धामा नेपाल, भारत र विदेशका तीन दर्जन बढी मुलुकहरूबाट ३५२ प्रतियोगीहरू सहित करिब ४०० प्रतियोगीहरू सामेल थिए । चुम्लुङ चरण(पहिलो चरण) बाट फक्ताङलुङ चरणमा ५० जना प्रवेश गरेका थिए । त्यस्तै, साम्लोलुङधुङ चरणमा २० जना प्रतियोगीहरू हुँदै अन्तिम चरण मानिएको मेन्छ्यायेम चरणमा दश जना छनोट भएका थिए । सँस्कृतिविद् यासेली योङहाङ, गायिका मनु नेम्वाङ र मुन्धुम सङ्गीतका प्रवर्तक झुमा वनेम रहेको निर्णायक मण्डलले अन्तिम नतिजा पूर्व कूलपति वैरागी काईलाबाट नतिजा सार्वजनिक गरेको थियो । निर्णायकको ४० प्रतिशत मत र सामाजिक सञ्जालबाट प्राप्त ६० प्रतिशत मतका आधारमा ताप्लेजुङकी सुनिता लाबुङ पहिलो भएकी थिइन उनले नगद ५० हजार हात पारिन् । त्यसैगरी तेहथुमका शिव कुमार सम्बाहाम्फे दोस्रो र धरानकी सुनिता सङ्यक तेस्रो भएका थिए । उनीहरूले क्रमशः नगद ४० हजार र ३० हजारसहित सम्मानपत्र र उपहार प्राप्त गरेका थिए । त्यस्तै, पेपराज माबुहाङ र शान्तिराम खरेलले उत्कृष्ट पालाम चो?लुङ सान्त्वना, विक्रम येक्तेनले सर्वोत्कृष्ट प्रस्तुति, इन्दिरा नेम्वाङले उदयीमान कलाकार, सुमन लिम्बुले सेहोनाम्लाङ, जीवन केदेमले मुक्कुमलुङ र साँगुले ठूलेले साङ्गोती हाङ्गोतीको उपाधि हासिल गरेका थिए ।

उत्कृष्ट तुम्याहाङ समूह सुखविर ताम्लिङ, तेन्छा सेक्सिङ थुम्खो(पब्लिक च्वाइस) कुमार विक, उत्कृष्ट पालाम शब्द निलिमा साम्पाङ राई, उत्कृष्ट फरक समुदाय बम विरही कुलुङ राई र लोपोन्मुख भाकाको उपाधि सरुना लिम्बुले जितेका थिए । उनीहरूले जनही नगद पाँच हजार र प्रमाणपत्र प्राप्त गरे ।

सहभागी तुम्याहाङलाई सम्मान
प्रतियोगितामा विभिन्न क्षेत्र तथा गीतसंगीतमै ख्याती कमाईसकेका व्यक्तिव्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूमा पदम सम्बाहाम्फे, सोना साउदेन, टुपेन्द्र येक्तेन, टेकराज तिगेला, रूपलाल खाम्धाक, थानाहाङ तिगेला, भिमा साउदेन, सुरोज मादेन, आइत खजुम, आइतमाया ईजम, चन्द्र आङदेम्बे र देवेन चेम्जोङ रहेका छन् ।

गैरलिम्बू प्रतियोगीलाई चुम्लुङ युकेद्वारा पुरस्कार
यस्तै, किरात याक्थुङ चुम्लुङ यूकेले प्रतियोगितामा सामेल भएका गैरलिम्बु समुदायका सम्पूर्ण प्रतियोगीहरूलाई उपलब्त्र गराएको जनही पाँच हजार रूपैयाँ र सम्मानपत्र समेत सोही कार्यक्रममा उपलब्ध गराएको थियो । गैरलिम्बू प्रतियोगीहरुमा कुमार बिक, शान्तिराम खरेल, महेन्द्रप्रसाद पोखरेल, कुमार प्रधान कल्पित, गोपाल दाहाल, निमश्वरी आठपहरिया, निलिमा साम्पाङ राई, बम बिरही कुलुङ छन् ।

समारोहकी संयोजक एवम् सयङ सदस्य यमुना तुम्सा सङ्यकका अनुसार विजेता र सम्मानित सबैलाई चौबिसे सङ्यक ढाका उद्योगले ढाकाको सामग्री उपहारस्वरुप प्रदान गरेको थियो ।

कार्यक्रम सञ्चारकर्मी मेरिना तुम्साले सञ्चालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...