साझामञ्चको अध्यक्षमा पुनः कार्की

 लिम्बुवान खबर
                       

बिर्तामोड । साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । पुनः अध्यक्ष चयन भएका कार्की प्रदेश सभाका माननीय सदस्य हुन् ।

कम्पनीको उपाध्यक्षमा खड्गप्रसाद दाहाल र बोर्ड अफ डाइरेक्टरहरुमा नारायण पोखरेल, हरि शर्मा र कृष्णप्रसाद घिमिरे चुनिएका छन् । कम्पनीको कार्यकारी प्रमुखमा साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ ।

कम्पनीले साझामञ्च डटकम, साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रम, साझामञ्च टपटेन न्यूज बुलेटिन प्रकाशन/प्रसारण गर्दै आएको छ । विगत ७ वर्षदेखि सही र यथार्थ सूचना पस्कँदै आएको साझामञ्चले नयाँ नयाँ विधिबाट पाठक, स्रोता एवम् दर्शकको मन जित्ने प्रयास गरिरहेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी र खर्चको विवरणलाई सर्व सम्मतिले स्वीकृत गर्दै चालू वर्षका लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...