साझामञ्चको अध्यक्षमा पुनः कार्की

 लिम्बुवान खबर
                       

बिर्तामोड । साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । पुनः अध्यक्ष चयन भएका कार्की प्रदेश सभाका माननीय सदस्य हुन् ।

कम्पनीको उपाध्यक्षमा खड्गप्रसाद दाहाल र बोर्ड अफ डाइरेक्टरहरुमा नारायण पोखरेल, हरि शर्मा र कृष्णप्रसाद घिमिरे चुनिएका छन् । कम्पनीको कार्यकारी प्रमुखमा साझामञ्च डटकमका प्रधानसम्पादक गोपाल काफ्लेलाई जिम्मेवारी दिइएको छ ।

कम्पनीले साझामञ्च डटकम, साझा सहकारी मञ्च टेलिभिजन कार्यक्रम, साझामञ्च टपटेन न्यूज बुलेटिन प्रकाशन/प्रसारण गर्दै आएको छ । विगत ७ वर्षदेखि सही र यथार्थ सूचना पस्कँदै आएको साझामञ्चले नयाँ नयाँ विधिबाट पाठक, स्रोता एवम् दर्शकको मन जित्ने प्रयास गरिरहेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को आम्दानी र खर्चको विवरणलाई सर्व सम्मतिले स्वीकृत गर्दै चालू वर्षका लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...