नाडालले २० औं पटक जिते ग्राण्डस्लाम

 एजेन्सी
                       

 काठमाडौं । स्पेनका टेनिस खेलाडी राफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए ।

योसँगै नाडालले १३ औं पटक यो ट्रफी हात पारे । यो नाडालको २० औं ग्राण्डस्लाम उपाधि हो । यसको साथै नाडालले रोजर फेडेररसँग बराबरीसमेत गरे ।

म्याच जितेपछि नाडाल घुँटा टेकेर बसे र हात उठाए जितको खुसी मनाएका थिए । उपाधि जितेपछि नाडालले भने, ‘हामी दुई जना धेरै पटक प्रतिस्पर्धामा उत्रिएका छौं । एक दिन एउटाले र अर्को दिन अर्कोले जित्छ । आज मेरो दिन थियो । यो खेलको एक हिस्सा हो ।’

सम्बन्धित समाचार

इलाम क्षेत्र नं. २ को अन्तिम वडाको मत गन्दागन्दै रोकियो

इलाम, १० मंसिर । निक्कै नै रोचक मोडमा पुगेको इलाम क्षेत्र नं. २ को मत गणना रोकिएको छ । कडा प्रतिस्पर्धा देखिएको इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको हो...

आत्मानन्द कप : हाटखोला सुनसरीको विजयी सुरुवात

माङसेबुङ । इलामको माङसेबुङमा शुरु भएको आत्मानन्द कप १५औं संस्करण पुरुष फुटबल प्रतियोगितामा हाटखोला फुटबल क्लव सुनसरीले बिजयी सुरुवात गरेको छ । माङसेबुङ ५ स्थित प्रस्तावित आत्मानन्द रंगशालमा आज शुक्रबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माङसेबुङ...

ब्राजिल, पोर्चुगल, स्वीट्जरल्याण्डले समान ३ अंक जोड्दा उरुग्वे र दक्षिण कोरियाले अंक बाढे

काठमाडौं, ९ मंसिर । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबलमा चार खेलहरुमा तीन खेल जित र एक खेल बराबरी भएको छ । उपाधिको मुख्य दाबेदारको रुपमा कतार पुगेका ब्राजिलले फिफा विश्वकप फुटबलको पहिलो खेलमा सर्बियालाई...

आत्मानन्द कप शुक्रबार देखि सुरु हुदैं

दमक, ८ मंसिर । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङको ६९औं जन्मोत्सव तथा गुरुआमा पवित्रहाङमा साम्बा लिङदेनको नुमाङगेन्ना सेवाको अवसरमा आयोजित ‘आत्मानन्द कप’ १५ औं संस्करण पुरुष फुटबल प्रतियोगिता २०७९ शुक्रबार देखि सुरु हुदैंछ । आत्मानन्द...