अब कोरोना परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र

 लिम्बुवान खबर
                       

काठमाडौं : सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको मन्त्रालयले जनाएको छ ।

साथै मन्त्रालयले एन्टिजेन बेस्ड टेस्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले मात्र गर्न पाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई एफडिए, इयुएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त किटहरु मात्र सूचीकृत गर्न समेत निर्देशन दिएको छ ।

बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने मन्त्रालयले जनाएको छ ।

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ ।

पीसीआर टेष्टका लागि भने सरकारले दुई हजार रुपैयाँ परीक्षण शुल्क लिन अनुमति दिँदै आएको छ ।

मंगलबारको नियमित प्रेस बिफ्रिङमा गौतमले एन्टिजेनका लागि एक हजार रुपैयाँ मात्र लिन पाइने प्रष्ट गर्दै यसमा पनि समयानुकूल समायोजन गरिने बताउनुभयो ।

शुरुमा परीक्षणका लागि पाँच हजार पाँच सय रुपैयाँ कायम गरेको मन्त्रालयले त्यसपछि चार हजार चार सय र पछिल्लो पटक त्यसलाई पनि घटाएर दुई हजारमा झारेको थियो ।

मन्त्रालयले कोरोना भाइरसको जोखिम लगातार बढिरहेकाले जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न फेरि सचेत गराएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...