बुधबार, २८ असोज, २०७७ बिहानको ०३:५७ बजे,
लिम्बुवान खबर
एजेन्सी – फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४-२ ले पराजित गरेको छ ।
खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले गोल गर्दै पेरुलाई अग्रता दिलाए । २८ अौं मिनेटमा ब्राजिलले पेनाल्टी पाउँदै खेलमा पुनरागमन गर्ने अवसर पायो । उक्त पेनाल्टीमा नेयमारले गोल गर्दै खेल बराबरीमा ल्याए ।
दोस्रो हाफको ५६ अौं मिनेटमा रेनाटो टापियाले गोल गर्दै पेरुलाई अग्रता दिलाए । तर ८ मिनेटपछि नै ब्राजिल खेलमा फर्कियो । रोबर्टो फिर्मिनोको हेडरमा रिचार्लीसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
खेलको ८३ अौं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । एक मिनेट समय बाँकी हुँदा पेरु १० खेलाडीमा सिमित भयो । कार्लोस जाम्ब्रानोले ब्राजिलका खेलाडीमाथि हात उठाउँदा रेफ्रीले रातो कार्ड देखाए । ९०अौं मिनेटमा नेयमारले गोल गर्दै ४-२ को जित पक्का गरे ।
लगातार दोस्रो जितसँगै ब्राजिल छनोट तालिकाको शीर्ष स्थानमा पुगेको छ । अर्जेन्टिना पनि २ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ ।
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...
दमक, ८ कार्तिक । झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...
केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...
पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...