राष्ट्रिय बहुमुखी सहकारीको २१औं स्थापना दिवसमा रक्तदान

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २१औं स्थापना दिवस तथा साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

संस्थाको आफ्नै कार्यालयमा बुधबार रक्तदान कार्यक्रम भएको हो । उक्त कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको संस्थाका संचालक समिति सदस्य दिपेन बाला राईले बताए ।

नेपाल रेडक्रस सोसाइटी दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको उक्त कार्यक्रममा संस्थाका शेयर सदस्यहरुबाट रक्तदान भएको हो । कार्यक्रम संचालन समितिका अध्यक्ष जीत मान राई, ब्यवस्थापक कृष्ण गोले लगायत समितिका पदाधिकारीहरु समेतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...