फाकफोकथुममा खुल्ला नकाउट फूटबल हुने

 लिम्बुवान न्युज
                       

इलाम। इलामको फाकफोकथुम, फूएतप्पा लिम्बुगाउँमा खुल्ला नकाउट फूटबल प्रतियोगिता हुने भएको छ ।

फूङ्वा यूवा क्लब फाकफोकथुमको आयोजनामा हुने उक्त प्रतियोगिता कोरोना भाइरसको उच्च सतर्कतालाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि खेल खेलाउने क्लबका संस्थापक दिपक योङ्हाङ्ले जनाएका छन् ।

आगामी कार्तिक २ गते देखि संचालन हुने उक्त खेल फूएतप्पाको चासोक तङ्नाम खेल मैदानमा हुने आयोजकले जनाएको छ । खेल्न इक्छुक टिमले कार्तिक १ गते सम्ममा सम्पर्क गर्न आयोजक समितिका संयोजक योङ्हाङ्ले बताएका छन् ।

उक्त फूटबल प्रतियोगिताको प्रथम पुरस्कार १० हजार, प्रमाणपत्र र मेडल त्यसैगरी दोस्रो हुनेले ५ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिने बताइएको छ ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...