विश्वासिलोको नवौ बार्षिक साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक । स्थानीय युवा व्यवसायीहरुको सक्रियतामा सञ्चालनमा आएको दमक ६ स्थित पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाको आफ्नै कार्यालयमा आयोजित साधारणसभा यसवर्ष कोरोना महामारीका कारण चरणवद्ध रुपमा गरिएको थियो । राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रवन्धक बिबेक डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि यसवर्षको साधारणसभा सम्पन्न गरिएको संस्थाले जनाएको छ ।

समापनमा अध्यक्ष राईले साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन र लेखा संयोजक खेमराज पौडेलको प्रस्तुत प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक छत्र केरुङले वताए ।

यसअघि ती दुवै प्रतिवेदन बुधबार कार्यालयमार्फत सदस्यहरुलाई वितरण गरिएको थियो । त्यस्तैं, संस्थाको सम्पन्न साधारणसभाले आगामी बर्षदेखि चैत १२ गतेलाई स्थापना दिवसको रुपमा मनाउने निर्णय गर्नुका साथै सदस्यहरुको आय आम्दानी र व्यवसाय प्रर्वद्धनका निम्ति सहुलियत व्याजदरमा कर्जा लगानी गर्ने, सामाजिक क्षेत्रमा रचनात्मक तथा सृजनात्मक कार्यहरु गरिने उल्लेख गरिएको छ ।

साधारणसभा समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्झना साँवा, सचिव सुमन कुमार राई, सञ्चालक समिति सदस्य नारायण प्रसाद खरेल, अनिमा तामाङ, निर्मला लावती, युवरावज दंगाल, लेखा समिति संयोजक खेमराज पौडेल,सदस्यद्धय कविता फागो लिम्बू र माया राई,सञ्चालक समिति, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष असिम राईको अध्यक्षता तथा सचिव सुमन कुमार  राईकाे संचालनमा भएकाे थियाे ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...