कार्तिक २ गतेदेखि ६ गतेसम्म बिर्तामोड बन्द

 लिम्बुवान न्युज
                       

झापा। झापाको बिर्तामोड नगरपालिकाको कार्यालय कार्तिक २ गतेदेखि कार्तिक ६ गतेसम्म बन्द हुने भएको छ । कोरोना सङ्क्रमण दिनानुदिन बढ्दै गएको कारण बिर्तामोड नगरपालिकाले कार्यालयबाट प्रदान गरिदैँ आएका सेवाहरु बन्द गर्ने निर्णय गरेको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताएका छन् ।

‘नगरपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका काम बन्द गरिने निर्णय भएको प्रमुख शिवाकोटीले वताएका छन् । उनका अनुसार अत्यावश्यक ‘एम्बुलेन्स, दमकल जस्ता सेवा भने चालु रहने छन् । त्यस्तै, बिद्युत महसुल, खानेपानी महसुल, टेलिफोन महसुल लगायतका सेवाहरु भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाद्धारा विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि बिर्तामोड बजार भने खुल्ला रहने छ । किनमेलको क्रममा सुरक्षित र व्यवस्थित तरिकाले भौतिक दूरी कायम गरी सेवा प्रदान गर्नुपर्ने नगरको निर्णय छ । दशैं लगायतका चाडपर्व मनाउने क्रममा भिडभाड हुनसक्ने भएकोले भिडभाड नहुने गरी आ–आफ्नाे परिवार भित्र नै मनाउन र चाडपर्वमा भेला, महोत्सव, जात्रा, हाटबजार, सांस्कृतिक कार्यक्रमजस्ता भिडभाड हुने कार्य नगर्न तथा नगराउन नगरपालिकाको आग्रह छ ।

नगरपालिका क्षेत्र भित्र रहेका मठ मन्दिर, पिठमा हुने धार्मिक तथा सांस्कृतिक पूजा, मेला, जात्रामा हुने आम भेला र सहभागितालाई कम गर्ने, गर्नैपर्ने पूजा विधि न्यून भक्तजनको उपस्थितिमा मात्र गर्न तथा सबैप्रकारका मेला, जात्रा तथा पर्वका कार्यक्रमहरु नगर्न नगरले अनुराेध गरेको छ । टीका लगाउने, आर्शिवाद लिने धार्मिक एवम् सांस्कृतिक प्रचलनलाई आफ्नै घर भित्र मात्र सिमित राख्नु पर्ने जनाइएको छ । टीकाग्रहण गर्दा जेष्ठ नागरिक, बिरामी र बालबालिकालाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड कायम गर्न सम्बन्धित परिवारलाई आग्रह गरेको छ । नगरपालिका क्षेत्रभित्र हुने सबै प्रकारका तालिम गोष्ठी, सम्मेलन लगायत कार्य नर्गन राजनीतिक दल, संघ संस्थाहरुले गर्ने बैठक भेला र शुभकामना आदानप्रदान कार्यक्रम समेत नगर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...