दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो ।

दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी ५१  वर्षीय आरवी थापाको सोमबार र उनका ९१ बर्षिय बुवा खड्गबहादुर थापाको आइतवार मृत्युभएको हो । थापाले दमक चौंकमा लामाे समय देखि दर्पण फार्मेसी सञ्चालन गरिआएका थिए ।

करिब २ साता अघिदेखि फोक्सोमा समस्याका कारण विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत उनको सोमबार मृत्यु भएको हो । चिकित्सकहरुले विरामीको स्वास्थ्य अवस्थामा सुधार हुने सम्भावना नदेखेपछि भेन्टिलेटरबाट निकालेर घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बताइएको छ ।

यसैगरि मृतकका बाबु खडग बहादुरको आईतबार करिब साढे ३ बजे तिर घरैमा र बाबुको मृत्यु भएको २४ घण्टा भित्रैमा छोरा आरवीको पनि सोमबार दिउँसो करिब ३ बजे मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...

टारीमा घुमाउने घरकाे उद्घाटन

सेसेहाङ चाेडबाङ फेदाप । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका–१, सिम्ले मयन्तापा टारीमा रहेकाे महानन्द निङ्लेखु सङ्ग्रहालय तथा अनुसन्धान केन्द्रको विभिन्न सास्कृतीक कार्यक्रमहरू सहित अाज उद्घाटन गरिएकाे छ। कार्यक्रमका प्रमुख अथिती माननीय सन्तोष निङलेखुले पानसमा बत्ती बालेर...