दमकमा एकदिन अघि पछि बाबु छोराको मृत्यु !

,   लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा बाबुछोराको चाैविस घण्टा अघिपछि मृत्युभएको छ । दमक २ निवासी आरवी थापा र उनका बुबाको एकदिन अघिपछि मृत्युभएको हो ।

दमकका सामाजिक व्यक्तित्व साथै दमक जेसीजका पूर्व अध्यक्ष समेत रहेका औषधी व्यवसायी ५१  वर्षीय आरवी थापाको सोमबार र उनका ९१ बर्षिय बुवा खड्गबहादुर थापाको आइतवार मृत्युभएको हो । थापाले दमक चौंकमा लामाे समय देखि दर्पण फार्मेसी सञ्चालन गरिआएका थिए ।

करिब २ साता अघिदेखि फोक्सोमा समस्याका कारण विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत उनको सोमबार मृत्यु भएको हो । चिकित्सकहरुले विरामीको स्वास्थ्य अवस्थामा सुधार हुने सम्भावना नदेखेपछि भेन्टिलेटरबाट निकालेर घरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको बताइएको छ ।

यसैगरि मृतकका बाबु खडग बहादुरको आईतबार करिब साढे ३ बजे तिर घरैमा र बाबुको मृत्यु भएको २४ घण्टा भित्रैमा छोरा आरवीको पनि सोमबार दिउँसो करिब ३ बजे मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;