थपिए देशभर तीन हजार ९३ जनामा संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्याे

 लिम्बुवान न्युज
                       

काठमाडाैं। देशभर पछिल्लो २४ घण्टामा तिन  हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस मिटमा मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा तीन हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १९६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार २२० जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख १४ हजार ७७९ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ७८ जनाको भेन्टिलेटरमा र २७३ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ९६ हजार ६०९ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १०८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९.४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले झापा, मोरङ, सुनसरी, काभ्रेपलानचोक, मकवानपुर सुर्खेत, ललितपुर, काठमाडौं, चितवन, कास्की, भक्तपुर, दाङ, बाके कैलाली र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने शुन्य संक्रमित जिल्ला मुस्ताङ रहेको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...