अभिषेक आबद्द मोहम्मेडन अपराजित रहदै आईलिगमा

 लिम्बुवान न्युज
                       

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाल आबद्द मोहम्मेडन स्पोर्टिङ क्लब आईलिग छनोटको च्याम्पियन बन्दै भारतको शीर्ष डिभिजनको लिग आईलिगमा बढुवा भएको छ ।

आईलिग छनोट अन्तर्गत अन्तिम खेलमा सोमबार बेंगलुरु एफसीसँग गोलरहित बराबरी खेल्दै मोहम्मेडन उपाधि सहित शीर्ष डिभिजनमा बढुवा भएको हो । मोहम्मेडन अपराजित समेत रह्यो ।

कल्याणी रंगशालामा भएको खेलमा पाएको मौकामा गोल गर्न नसक्दा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् ।

Image may contain: 4 people, outdoor

मोहम्मेडन अन्तिम खेलमा पराजित भएको भएपनि शीर्ष डिभिजनमा बढुवा हुने पक्का रहेको थियो । यस अघिको खेलमा भवानीपूरलाई २–० गोल अन्तरले पराजित गरेसँगै मोहम्मेडनले बढुवा पक्का गरेको थियो ।

यस बराबरीसँगै मोहम्मेडनले ४ खेलबाट १० अंक जोड्यो ।

अभिषेक यसै सिजनका लागि मोहम्मेडनमा अनुबन्धित भएका थिए । अब उनले मोहम्मेडनबाट शीर्ष लिग समेत खेल्ने छन् । (एजेन्सी)

Image may contain: 11 people, people playing sports, stadium and outdoor, text that says '20 CHAMPION CHAMP'

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...