भोलिदेखि दमकमा सेतुमारी कप हुदै

,   लिम्बुवान न्युज
                       

दमक, १५ असोज/ झापाको दमक १० स्थित सेतुमारी खेल मैदानमा भोलिदेखि जिल्ला स्तरीय सेतुमारी कप २०७८ हुने भएको छ ।

स्थानीय सेतुमारी युवा समाजको अयोजनमा सञ्चालन हुन लागेको सो प्रतियोगिता अन्र्तगत पहिलो दिन कमल फुटबल क्लब इलाम र सेभेन स्टार एफसी मोरङकाबिच खेल हुने आयोजकले जनाएको छ ।

विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर आयोजना गरिएको प्रतियोगिता यहि असोज २५ गते सम्म सञ्चालन गरिने समाजका अध्यक्ष शिव धिमालले जानकारी दिए ।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भोइसकेको धिमालले बताए ।

प्रतियोगीताको विजेता टिमले नगद रु २५ हजारका साथै मेडल ट्रफि प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद १५ संगै मेडल ट्रफि प्राप्तगर्ने अध्यक्ष धिमालले बताए ।

सो प्रतियोगितामा प्रथम पुरस्कारको नगद रु २५ हजारको धनराशी बेलायतमा कार्यरत व्रिटिश आर्मी रोहित राई र दोस्रो पुरस्कार स्वरुप नगद रु १५ स्थानीय रोशन सिंखडा हाल कोरियामा कार्यरतले प्रायोजन गरेको धिमालले जानकारी दिए ।

सो प्रतियोगिता सञ्चालनका लागि अन्य क्षेत्रबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;