झापाको दुई वडामा लिम्बुवान मञ्चको वडा समिति विस्तार

 लिम्बुवान न्युज
                       

दमक, १८ असोज । संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला अन्तरर्गत स्थानीय वडा पालिकाहरुको गठनलाई तिब्र पारिएको छ । जिल्ला अन्तर्गत वडा गठनहरु यतिबेला धमाधम भईरहेको झापा जिल्ला समितिले जनाएको छ ।

आज सोमबार जिल्ला अन्तर्गत शिवसताक्ष नगरपालिकाको वडा नं. ८ र कमल गाउँपालिकाको वडा नं. ४ मा समिति गठन भएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङको प्रमुख आतिथ्यतामा झापाको कमल ४मा गगन लावतीको अध्यक्षतमा नयाँ कार्य समिति चयन गरिएको छ । नवगठित समितिमा उपाध्यक्षहरु क्रमशः कुमार आलेमगर, दिलीप कुमार घतानी, सचिव लब कुमार टुडु, सह–सचिव बुद्धि आङ्थुपो, अर्थसचिवमा सुकमाया फियाक चयन भएका छन् भने सदस्यहरुमा पवित्रा राई, गीता राई, रेणुका बिक, सरु राई र किसान लावती रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय सचिव विष्णु भट्टराई, प्रान्तीय सदस्यहरु सुर्य योक्पाङदेन, मनप्रसाद थलङ, कविन्द्र सेर्मा, जिल्ला सदस्य नरेन्द्र लावती, जिल्ला अध्यक्ष धनबहादुर पन्धाक, कलम वडा २ का अध्यक्ष रमेश खड्का लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी लिम्बुवान प्रान्तीय सचिवालय सदस्य भिम सुनुवारको प्रमुख आतिथ्यतामा शिवसताक्षी वडा ८ किरात राई यायोक्खाको सभाहल झिलझिलेमा जीतेन एक्तेनको अध्यक्षतमा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा धनबहादुर फेउदेन र गोविन कुरुम्बाङ, सचिवमा रणहाङ आङ्देम्बे, सह–सचिव अम्बिका सेर्मा, अर्थसचिव करणबहादुर सम्याङखाम, सह–अर्थसचिव धनकुमारी लक्सम्बा निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरु अमर मादेन, भूमिका लक्सम्बा, भुपेन्द्र सेर्मा, कुमार लावती, दुर्गा लिम्बु, सरिता सुनचुरी राई, रामप्रसाद चोङबाङ, कृतिमान लिम्बु, सुखबहादुर लक्साम्बा, कुलमान लक्साम्बा, जगत साम्बा, रामबहादुर कङ्लिम्बा, छत्र थेवे, लक्ष्मी लिम्बु, सुनिता राई र जिरेनाहाङ लक्सम्बा निर्वाचित भएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य किरण लिङ्देन, जसबहादुर तामाङ, दलित शिल्पी मञ्चका उपाध्यक्ष बलराम सदा, संघीय सदस्य तथा नगर संयोजक प्रकाश लिङ्देन त्यसैगरी प्रान्तीय पहिचान सदस्य दिलबहादुर सेरेङ, झापा जिल्ला सदस्यहरु ः दलकुमार सेर्मा, इन्द्रकुमार सेर्मा, बि. एम. लक्सम्बा, पाँचथर जिल्ला सदस्य दिपक सेर्मा, एल. भि. केन्द्रीय फिल्ड कमान्डर सुमन सम्बाहाम्फे, संघीय बिद्यार्थी युनियनका संघीय सदस्य किराती बिबेक सुनुवार (लिनोच), क्षेत्रीय सदस्यहरुः समीर योङ्हाङ, शिवसताक्षी नगरका उपाध्यक्ष प्रताप निङ्लेकु, भवानी आङ्देम्बे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा दुईसय क्रियासिल सदस्य समेत वितरण गरिएको नगर उपाध्यक्ष प्रताप निङ्लेखुले बताए । कार्यक्रम वडाध्यक्ष रोहिन थेगिमको सभाध्यक्षता त्यसैगरी जीतेन याक्तेनको स्वागत मन्तव्य र वडा सचिव रणहाङ आङदेम्बेको संचालनमा भएको थियो ।

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...