राष्ट्रिय शहिद माङतोकको १४औं स्मृतिसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । राष्ट्रिय शहिद राजकुमार आङदेम्बे माङतोकको १४औं स्मृतिसभा सम्पन्न भएको छ । शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानको आयोजनामा कमल ३ स्थित सानो केर्खा माङतोक समाधिस्थलमा १४ वटा दिप प्रज्वलन गरि कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष एवम् संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले राष्ट्रिय सहिद माङतोकको शहादत्ताले लिम्बुवान र पहिचानको आन्दोलनले सार्थकता पाएको र निरन्तर अघि बढिरहेको बताए । शहिदको सपनालाई संस्थागत गर्न यो प्रतिष्ठान निर्माण गरिएको बताउँदै गुरुङ्ले भने समानुपातिक समावेशीताको मुद्दा स्थापित गर्न पहिलो शहिद हुनुभएका माङ्तोक र मनिलले चिरस्थायी र अमर बनाउन प्रतिष्ठान निर्माण भएको हो ।
त्यसैगरी कार्यक्रमलाई लिम्बुवान प्रान्तीय महासचिवहरु अशोक चेम्जोङ, शान्ता योङहाङ र थाङसाङ लावती श्रद्धाञ्जली मन्तव्य राख्दै शहिदको बलिदानीलाई संस्थागत गर्न लिम्बुवान आन्दोलन निरन्तर अघि बढिरहेको बताए । त्यसैगरी प्रान्तीय सदस्य बलनाथ नाल्बोले पनि शहिद माङतोकको चर्चा गरेका छन् ।
कार्यक्रममा लिम्बुवान प्रान्तीय सदस्य तथा चुलचुली वडा नं. १ का निर्वाचित अध्यक्ष पूर्ण लावती (ध्रुव) स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले गरेका थिए ।
कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपाध्यक्ष एबी पन्धाक, उपमहासचिव भविराज तुम्सा, सचिव पूर्णकला लिम्बु तेयुङ, सचिवालय सदस्य भिम सुनुवार, प्रान्तीय सदस्यहरु जीवन प्रकाश सेर्मा, सन्तोष तुम्बापो, दिपक आङदेम्बे, कुमार तुम्बापो, पूर्ण लावती (ध्रुव), सुर्य योक्पाङ्देन, किरण लिङ्देन, पहिचान सदस्य दिल सेरेङ्, इलाम जिल्ला अध्यक्ष दिपक योङहाङ, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर कमाण्डर सुमन सम्बाहाम्फे लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
यसैगरी आज संघीय लिम्बुवान मञ्च, नेपाल ताप्लेजुङ्, पाँचथर, मोरङ्, धनकुटा, सुनसरी, झापाका विभिन्न स्थानीय तह लागत इलामको चुलाचुलीमा शहिद राजकुमार आङदेम्बेको शालिकका दिप प्रज्वलन गर्दै शहिद माङतोकलाई स्मरण गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;