सिरिजङगा टोलको अध्यक्षमा सेसेमी से नाल्बो चयन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । झापाको दमक न।पा। १ को सिरिजङगा टोल विकास संस्थाको अध्यक्ष सेसेमी से नाल्बो चयन भएका छन् । छैठौं बार्षिक साधारणसभा सम्पन्न पश्चात भएको नयाँ कार्य समिति चयनबाट नाल्बो अध्यक्ष भएका हुन् । साहित्य लेखनमा सक्रिय नाल्बो सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियासिल व्यक्तित्व हुन् ।

संस्थाको सामुदायिक भवन परिसरमा दमक वडा नं। १ का वडा जनप्रतिनिधि सदस्य गिरीभक्त सोङ्मेन राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरिजङगा टोल संस्थापक अध्यक्ष इक्सा सम्बाहाङ्फे, लुङ्धुङ टोल विकास संस्था दमक १ अध्यक्ष याम बहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कियाचु राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सङबाङ्फे, याक्थुङ साहित्य प्रतिष्ठान कोषाध्यक्ष भुवानी थेगिम, सदस्य बिष्णु केरुङको पनि उपस्थिति रहेको थियो ।

सभामा अध्यक्षद्धारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन बन्द सत्रले अनुमोदन पारित गर्दै सो साधारणसभाले सेनाल्बोको अध्यक्षतामा विधानत तीन सदस्यीय समिति गठन गरेको छ । समितिको सचिवमा मालती थापा मगर र कोषाध्यक्षमा प्रकाश राई सर्व सम्मतबाट चयन भएको निर्वाचन समिति संयोजक डम्बर बहादुर श्रेष्ठले बताए ।

सभामा कोषाध्यक्ष तारादेवी राईले आर्थिक वर्ष ०७७र७८ को शेयर पूँजी वार्षिक आयरव्याय तर्फ ६ लाख ७६ हजार २ सय वयालिस रहेको छ । जम्मा ८५ घरधुरीको सेयर पुँजी ४ लाख ५७ हजार ९ सय साठी र संस्थाको मुलधन १ लाख ४ हजार २ सय तीन रहेको छ भने मौज्दात रकम ५ लाख ६२ हजार १ सय उन्नसत्तरी रहेको कोषाध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

सिरिजङगा टोल विकास संस्थाले टोलको आफ्नै सामुदायिक भवन निर्माण गरी उद्घाटन समेत गरेको, सडक वत्ती मर्मत सम्भार लगायतका कार्यहरु सम्पन्न भएको टोल अध्यक्ष रचना लाओतीले बताएकी छन् ।

सभा संस्थाको अध्यक्ष रचना लाओतीको सभाध्यक्षता, सचिव आरती लिम्बूले संचालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...