हरप्रहर मिडियाले उचाल्यो मिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि

 लिम्बुवान न्युज
                       

दमक, २४ असोज । दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले उचालेको छ ।
आइतबार दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउदै जित हासिल गरेको हो ।

हरप्रहरबाट सुसन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल प्रतियोगितामा सहभागी भएका थिए । विजेता टिमले २१–१७, १३–१७ र २१–१७ को अन्तरले जित हासिल गरेको थियो ।

उपाधिसंगै विजेता टिमले नगद १० हजार, प्रमाणपत्र र मेडल प्राप्त गरयो भने उपविजेतामा चित्त बुझाउनुपरेको आँगन एफएमले नगद ६ हजार,मेडल तथा प्रमाणपत्र पाएको थियो ।

विजेता, उपविजेता खेलाडीहरुलाई नेपाली कांग्रेसकी नेतृ समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले वडादशै, दिपावली, छैठ पर्वको अवसर पारेर बर्सेनी आयोजना गरिआएको खेलकुद कार्यक्रम अन्तर्गत यसवर्ष अन्तरमिडिया कप डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको खेल संयोजक बिष्णु पौडेलले बताए । यूनियनका क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा यूनियनकी जिल्ला अध्यक्ष इन्दु पूर्वेली, नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा महासंघका जिल्ला सचिव डिकेश लामा, संघीय प्रेस नेपालका उपाध्यक्ष कमन देवान, संघीय पत्रकार मञ्चका अध्यक्ष दिलकुमार लावती, नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

दमक व्याडमिन्टन क्लवको व्यवस्थापनमा आयोजित एक दिने सो प्रतियोगितामा दमकसहित झापाका १४ वटा सञ्चार संस्थाले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन यूनियनका जिल्ला उपसभापति गिरीराज भट्टराईले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...