हरप्रहर मिडियाले उचाल्यो मिडियाकप व्याडमिन्टन प्रतियोगिताको उपाधि

,   लिम्बुवान न्युज
                       

दमक, २४ असोज । दमकमा सञ्चालित पाँचौ अन्तर मिडियाकप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले उचालेको छ ।
आइतबार दमक ६ स्थित दमक व्याडमिन्टन क्लवको कभर्ड हलमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउदै जित हासिल गरेको हो ।

हरप्रहरबाट सुसन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल प्रतियोगितामा सहभागी भएका थिए । विजेता टिमले २१–१७, १३–१७ र २१–१७ को अन्तरले जित हासिल गरेको थियो ।

उपाधिसंगै विजेता टिमले नगद १० हजार, प्रमाणपत्र र मेडल प्राप्त गरयो भने उपविजेतामा चित्त बुझाउनुपरेको आँगन एफएमले नगद ६ हजार,मेडल तथा प्रमाणपत्र पाएको थियो ।

विजेता, उपविजेता खेलाडीहरुलाई नेपाली कांग्रेसकी नेतृ समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिले वडादशै, दिपावली, छैठ पर्वको अवसर पारेर बर्सेनी आयोजना गरिआएको खेलकुद कार्यक्रम अन्तर्गत यसवर्ष अन्तरमिडिया कप डवल व्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको खेल संयोजक बिष्णु पौडेलले बताए । यूनियनका क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा यूनियनकी जिल्ला अध्यक्ष इन्दु पूर्वेली, नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा महासंघका जिल्ला सचिव डिकेश लामा, संघीय प्रेस नेपालका उपाध्यक्ष कमन देवान, संघीय पत्रकार मञ्चका अध्यक्ष दिलकुमार लावती, नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

दमक व्याडमिन्टन क्लवको व्यवस्थापनमा आयोजित एक दिने सो प्रतियोगितामा दमकसहित झापाका १४ वटा सञ्चार संस्थाले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन यूनियनका जिल्ला उपसभापति गिरीराज भट्टराईले सञ्चालन गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;