इतिहास रच्दै नेपाल पहिलो पल्ट साफ च्याम्पियनसिपको फाइनलमा

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २७ असोज । नेपालले माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा फाइनल स्थान पक्का गरेको छ । बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको हो ।

नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन् ।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । नेपाल दवावमा खेलिएरहेको अवस्थामा खेलको ८२औं मिनेटमा वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई बंगलादेशी गोलरक्षक जिकोले फल गरेपछि रातो कार्ड पाएका थिए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आए र डिबक्सको सोही फललाई सदुपयोग गर्दै अञ्जनले गोल गरेका थिए ।

नेपालले चौथोखेलमा बराबरी खेल्दै ७ अंक जोडेको छ । दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा रहेको भारतको ५ अंक छ । आजै राति ९ः४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दवाव रहेको छ । यो खेलको नतिजापछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ।

नेपालले यसअघि खेलेका १२ संस्करणसम्म फाइनलमा स्थान बनाउन सकेको थिएन । त्यसैले नेपाली फुटबलका लागि यो ऐतिहासिक सफलता भएको हो ।

फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः४५ मा साफ आयोजक समितिले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;