फाइल तस्वीरः
लिम्बुवानखबर, असोज ३१ । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल भारतसँग स्तब्ध भएको छ । नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि चुमेको हो ।
पहिलो पल्ट साफको फाइनल पुगेको नेपाल अन्ततः उपविजेतामा नै सिमित रहृयो ।
माल्दिभ्सको राजधानी मालेमा शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा रोक्न सफल नेपालले दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा भारतीय टिमका क्याप्टेन सुनिल क्षेत्रीले गोल गरे भने त्यस लगतै एक मिनेट मैै सुरेश सिंह वाङजेमले भारतको अग्रतालाई दोब्बर बनाएका थिए ।
खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि जित्ने सुनिश्चित गरेका थिए । नेपालमाथि खेलअवधीभर हावी भएको भारतले करिब डेढ दर्जन नेपाली पोष्टमा प्रहार गरेका थिए भने नेपालले केवल आधा दर्जन प्रहार गरेतापनि १ पटक मात्र पोष्टमा प्रहार गरेको थियो ।
भारतले यो संस्करणको साफ चाम्पियनसँगै आठौं पटक च्यापियन बनेको हो ।
Related