झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

,   लिम्बुवान न्युज
                       

इलाम, ९ कार्तिक । ईलामको देउमाई नगरपालिका ५ स्थित बारुङका एक व्यक्तिले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने क्रममा आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसेका थिए । श्रीमति र छोरी बेला बखत बेहोस हुने गरेका थिए । बिरामी रहेकी श्रीमती ३४ बर्षीया सिता तामाङ र १६ बर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्ने क्रममा कमलले हत्या गरेका हुन् ।

प्रहरीका अनुसार श्रीमति र छोरीको झारफुक गर्ने क्रममा कमलले घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । सोही टोकाईबाट उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी चौकी गजुरमुखीधामको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । साथै आरोपी कमललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;