झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

 लिम्बुवान न्युज
                       

इलाम, ९ कार्तिक । ईलामको देउमाई नगरपालिका ५ स्थित बारुङका एक व्यक्तिले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने क्रममा आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसेका थिए । श्रीमति र छोरी बेला बखत बेहोस हुने गरेका थिए । बिरामी रहेकी श्रीमती ३४ बर्षीया सिता तामाङ र १६ बर्षीया छोरी शिक्षा तामाङको झारफुक गर्ने क्रममा कमलले हत्या गरेका हुन् ।

प्रहरीका अनुसार श्रीमति र छोरीको झारफुक गर्ने क्रममा कमलले घाँटी तथा शरीरको बिभिन्न भागमा टोकेका थिए । सोही टोकाईबाट उनीहरुको मृत्यु भएको प्रहरीको भनाई छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थाई प्रहरी चौकी गजुरमुखीधामको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । साथै आरोपी कमललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...