काठमाडौंमा जारी मेयरकप भेट्रान्समा झापाको विजयी शुरुवात

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, काठमाडौं । काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा झापा भेट्रान्स फुटबल क्लबले विजयी शुरुवात गरेको छ । मंगलबार भएको दोस्रो खेलमा झापाका नरेन्द्र मणि लिम्बु चम्कदा विजय युथ हेटौडालाई ५–१ गोल अन्तरले हराउँदै झापाले विजयी शुरुवात गरेको हो ।

मंगलबार दशरथ अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा झापाको नरेन्द्र मणी लिम्बुले ह्याट्रिकसहित ४ गोल गरेका थिए । यस्तै झापाकै श्याम कुमार गोलेले एक गोलको योजदानसँगै झापा ५–१ गोल अन्तरले विजयी भएको थियो । यो जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ ।

यता हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काएका थिए । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो । हेटौडाले २ खेलमा ३ अंक जोडेको छ ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । ८ वटा टिम दोस्रो चरणमा प्रवेश गर्ने छ भने १३ वटा टिम पहिलो चरणबाट बाहिरिने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् । त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले विशेष पुरस्कार प्राप्त आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...