काठमाडौंमा जारी मेयरकप भेट्रान्समा झापाको विजयी शुरुवात

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, काठमाडौं । काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा झापा भेट्रान्स फुटबल क्लबले विजयी शुरुवात गरेको छ । मंगलबार भएको दोस्रो खेलमा झापाका नरेन्द्र मणि लिम्बु चम्कदा विजय युथ हेटौडालाई ५–१ गोल अन्तरले हराउँदै झापाले विजयी शुरुवात गरेको हो ।

मंगलबार दशरथ अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा झापाको नरेन्द्र मणी लिम्बुले ह्याट्रिकसहित ४ गोल गरेका थिए । यस्तै झापाकै श्याम कुमार गोलेले एक गोलको योजदानसँगै झापा ५–१ गोल अन्तरले विजयी भएको थियो । यो जितसँगै समूह ई को झापाले ३ अंक जोडेको छ ।

यता हेटौडाका कृष्ण शाक्यले एक गोल फर्काएका थिए । हेटौडाको यो पहिलो हार हो । पहिलो खेलमा हेटौडाले काभ्रे भेट्रान्सलाई हराएको थियो । हेटौडाले २ खेलमा ३ अंक जोडेको छ ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउनेछन् । ८ वटा टिम दोस्रो चरणमा प्रवेश गर्ने छ भने १३ वटा टिम पहिलो चरणबाट बाहिरिने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने छन् । त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीहरुले विशेष पुरस्कार प्राप्त आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;