शहिद स्मारक ए डिभिजन लिको खेलतालिका सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं, १२ कार्तिक । नेपालको शीर्ष श्रेणीको फुटबल लिग शहीद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक भएको छ । आज अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको लिग कमिटीले सार्वजनिक गरेको हो । आज लिग खेल्ने ए डिभिजनका १४ क्लबका प्रतिनिधिको उपस्थितिमा टाइ सिट ड्र गरिएको एन्फाले जनाएको छ ।

टाइसिट ड्र अनुसार कात्तिक २९ गतेको उदघाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन् । करिब चार महिना चल्ने लिगको उद्घाटन खेल फ्लड लाइटमा खेलाइने आयोजकले बताएको छ । खेल बेलुका ५ बजे दशरथ रंगशालामा हुनेछ ।

यसपटक च्यासल खेल मैदान पनि लिगका लागि प्रयोग गरिने आयोजकले जनाएको छ । लिगमा कुल १३ राउण्डमा ९१ खेल हुनेछ । पुस अन्तिममा ९ राउण्डसम्मको खेल सकाउन बताइएको छ ।

लिग फागुन १४ गतेसम्म चल्नेछ । पहिलो दुई राउण्डको समय र खेल स्थान पनि सार्वजनिक गरिएको छ । पहिलो दिन एक खेल मात्र हुनेछ । त्यसपछि दैनिक दुई खेल हुनेछ । जसमा पहिलो खेल १२ बजे र दोस्रो खेल ३ बजे शुरु हुनेछ ।

यस्तै दोस्रो राउण्डमा एकै दिन ३ खेलसम्म खेलाउने तालिका छ । जसमा दुई खेल एकै समयमा राखिएको आयोजकले जनाएको छ ।

ए डिभिजन लिग खेल्ने १४ क्लबहरु निम्न छन्ः

मछिन्द्र फुटबल क्लब
त्रिभुवन आर्मी फुटबल क्लब
मनाङ मर्स्याङ्दी क्लब
थ्री स्टार क्लब
नेपाल पुलिस क्लब
सशस्त्र एपीएफ
च्यासल युथ क्लब
संकटा क्लब
हिमालयन शेर्पा क्लब
एनआरटी क्लब
जावलाखेल युथ क्लब
फ्रेण्ड्स क्लब
सातदोबाटो युथ क्लब
ब्रिगेड ब्वाइज क्लब

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...