जनगणना सम्बन्धी सचेतना कार्यक्रम

 लिम्बुवान न्युज
                       

कन्काई दुर्गापुरी, १२ कार्तिक । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको आयोजना तथा किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको व्यवस्थापनमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

मेरो गणना, मेरो सहभागिता भन्ने नाराको साथ संचालन गरिएको सो सचेतना कार्यक्रम कनकाई नगरपालिका वडा नं.७ दुर्गापुरस्थित सामुदायिक भवनमा सम्पन्न भएको हो ।

कार्यक्रममा आगामी कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म सम्पन्न हुन लागेको १२ औं राष्ट्रिय जनगणनामा लिम्बू समूदायका व्यक्तिहरुले जात जातिको महलमा लिम्बू जाति, भाषाको महलमा लिम्बू, पुर्ख्यौली भाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिबासी जनजातिको भाषा र धर्मको महलमा किरात धर्म लेख्न लेखाउन आग्रह गरिएको थियो ।

कनकाई नगर शाखाको अध्यक्ष प्रेमकुमार फोम्बोको अध्यक्षता तथा राष्ट्रिय चुम्लुङ सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा जिल्ला शाखाका अध्यक्ष सेसेहाङ फियाक र सचिव प्रेम चन्द्र लिम्बूले सहजीकरण गर्नु भएको थियो ।

गीता चेम्जोङले स्वागत गर्नु भएको उक्त कार्यक्रममा कनकाई–७ को वडा अध्यक्ष लिलाबहादुर कन्दङवा, चुम्लुङ् जिल्ला सदस्य रुद्र बहादुर तबेबुङ, पुर्व जिल्ला चुम्लुङ् सदस्य भक्तबहादुर मेयाङवो, चुम्लुङ् जिल्ला सल्लाहकार दुर्गा नेम्वाङ, समाजस्वी धनपाल कन्दङवा लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन कियाचु कनकाई नगर शाखा सचिव गोविन्द साँवाले गर्नु भएको थियो । तस्वीरः चुम्लुङ् जिल्ला सचिव प्रेमचन्द्र लिम्बु

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...