जनगणना सम्बन्धी सचेतना कार्यक्रम

 लिम्बुवान न्युज
                       

कन्काई दुर्गापुरी, १२ कार्तिक । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा झापाको आयोजना तथा किरात याक्थुङ चुम्लुङ कनकाई नगर शाखाको व्यवस्थापनमा १२ औं राष्ट्रिय जनगणना २०७८ सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

मेरो गणना, मेरो सहभागिता भन्ने नाराको साथ संचालन गरिएको सो सचेतना कार्यक्रम कनकाई नगरपालिका वडा नं.७ दुर्गापुरस्थित सामुदायिक भवनमा सम्पन्न भएको हो ।

कार्यक्रममा आगामी कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म सम्पन्न हुन लागेको १२ औं राष्ट्रिय जनगणनामा लिम्बू समूदायका व्यक्तिहरुले जात जातिको महलमा लिम्बू जाति, भाषाको महलमा लिम्बू, पुर्ख्यौली भाषाको महलमा लिम्बू, दोस्रो भाषाको महलमा नजिकको आदिबासी जनजातिको भाषा र धर्मको महलमा किरात धर्म लेख्न लेखाउन आग्रह गरिएको थियो ।

कनकाई नगर शाखाको अध्यक्ष प्रेमकुमार फोम्बोको अध्यक्षता तथा राष्ट्रिय चुम्लुङ सदस्य अमृत योङहाङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा जिल्ला शाखाका अध्यक्ष सेसेहाङ फियाक र सचिव प्रेम चन्द्र लिम्बूले सहजीकरण गर्नु भएको थियो ।

गीता चेम्जोङले स्वागत गर्नु भएको उक्त कार्यक्रममा कनकाई–७ को वडा अध्यक्ष लिलाबहादुर कन्दङवा, चुम्लुङ् जिल्ला सदस्य रुद्र बहादुर तबेबुङ, पुर्व जिल्ला चुम्लुङ् सदस्य भक्तबहादुर मेयाङवो, चुम्लुङ् जिल्ला सल्लाहकार दुर्गा नेम्वाङ, समाजस्वी धनपाल कन्दङवा लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन कियाचु कनकाई नगर शाखा सचिव गोविन्द साँवाले गर्नु भएको थियो । तस्वीरः चुम्लुङ् जिल्ला सचिव प्रेमचन्द्र लिम्बु

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...