दिनेश माङमुको निर्देशनमा ‘मैना चरीलाई’को छायांकन सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा नेपाल मिडिया परिवार(एम.एन.जी.)को सातौं साँगितिक कोशेली पुर्वेली गीत ‘मैना चरीलाई’को छायांकन सम्पन्न भएको छ ।

प्रवास इजरायलमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहेने गीतकार नितु लावती ‘मैना’को शव्दमा सजिएको पुर्वेली गीत ‘मैना चरीलाई’को छायांकन बुधबार सम्पन्न भएको हो ।

संगीतकार महेश खड्काको संगीतमा राजेश पायल राई र मेलिना राईको आवाजमा सजिएको गीतको भिडियोमा मौसम इम्बुङ लिम्बू‘फुलेन्देको बाउ’, रेखा फागो लिम्बू र निश्चल राईको अभिनय रहेको छ ।

नितु लावतीकै निर्माणमा मोरङको केराबारी, पानबारी र सुनसरीको धरान आसपासमा छायांकन गरिएको भिडियोमा सुमन योञ्जनको छायांकन, मोती सिग्देलको सहायक छायांकन र कृष्ण सुबेदीको मेकअप रहेको छ ।

 

बिष्णु आचार्यको संगीत संयोजन रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...