“हाम्रो मुन्धुम” मासिक पत्रिका विमोचन

 लिम्बुवान न्युज
                       

मेयङलुङ,तेह्रथुम/ प्रभावकारी सूचना र सन्देश मुलक समाचार साथै भाषा, कला, साहित्यलाई सम्प्रेषण गर्न तेह्रथुमको सदरमुकाम मेयङलुङबाट हाम्रो मुन्धुम नामक मासिक पत्रीका विमोचन कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ मेयङलुङको सभाहलमा एक कार्यक्रम बिच पत्रीका विमोचन गरिएको हो ।

विभिन्न बुद्धिजीवी व्यक्तित्वहरुको उपस्थितिमा मेयङलुङ नगरपालिका प्रमुख संजय कुमार तुम्बाहाङफे, जिल्ला प्रशासन कार्यालय तेह्रथुमका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम सम्बाहाङफे, मेयङलुङ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहाल, किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति उपाध्यक्ष टंकमाया लिम्बु, जिल्ला अध्यक्ष तथा पत्रिकाका सम्पादक सेसेहाङ हुक्पाचाेङबाङकाे हस्तबहुलीबाट संयुक्त रूपमा विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

प्रबिधिको युगले गर्दा विभिन्न सामाजिक संजालहरुको व्यापक प्रयोगले आज छापा माध्यमबाट प्रकाशित हुने पत्रीकाहरुको प्रयोगमा कमि आइरहेको अवस्थामा हाम्रो मुन्धुम नामक पत्रीका प्रकाशन भएर विमोचन हुनु आश्चर्य मानेका छन् । विमोचन कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख संजय तुम्बाहाङफेले बोल्दै तेह्रथुम जिल्लामा पत्रीकाको आवश्यकता भएको बेला यो पत्रीका प्रकाशन हुनु खुशीको कुरा भएको बताउनुभयो । यस अघि पत्रीकाहरु यस जिल्लाबाट प्रकाशन भए पनि निरन्तरता हुन नसकेकोमा दुख व्यक्त गर्नु भयो । पत्रकारिताले निस्वार्थ जनभावनाको कदर गर्नुपर्ने साथै निष्पक्ष र सत्य तथ्य समाचारको प्रबाह गर्नुपर्नेमा जोड दिनुभयो । सबै कुरामा सूचना र संचार भएकोले गर्दा जनतालाई सुसूचित गर्न यो पत्रीका लागि परोस भन्दै उहाले यस पत्रीकाको लागि रु एक लाख रकम नगरपालिकाबाट विनियोजन गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसरी नै बिशेष अतिथी सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम सम्बाहाङफेले डिजिटल मिडियाको भन्दा छापा मिडियाको महत्त्व धेरै रहेको बताउनु भयो । उहाँले सजिलो र सरल मिडिया डिजिटल भए पनि अध्ययनको स्रोतका लागि छापा मिडियाको आवश्यकता त्यतिकै महत्त्वपूर्ण रहेको कुरा औल्याउँदै यो पत्रीकाले त्यस कार्यको पुर्ती गर्ने कुरामा विश्वास रहेको बताउनु भयो । उनले कार्यक्रममा थप बोल्दै यो पत्रीकाले तेह्रथुम भित्रका मौलिक पहिचानहरुको जगेर्ना, स्थान परिचय, पर्यटन लगायतको सूचनाहरु दिन सक्नुपर्नेमा जोड गर्नुभयो ।

कार्यक्रम नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मिननाथ दहालले आफ्नै वडा भित्र कार्यालय रहने गरि पत्रीका प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै वडाले सक्दो पत्रीका प्रकाशनको लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाले बोल्दै सम्पुर्ण जनताको साझा पत्रीका बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश उपाध्यक्ष टंकमाया लिम्बू, बयोबृद्द तथा समाजसेवी सर्वजीत निङलेकु, राजनीति कर्मी कृष्ण चोङबाङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विमोचन कार्यक्रमको समापन हाम्रो मुन्धुम मासिक पत्रीकाका सम्पादक सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य पत्रीकाका व्यवस्थापक साम थाम्देन थाङबेन र संचालन कार्यकारी सम्पादक तथा प्रकाशक राजकुमार तेयुङ् तरेबाले गर्नुभएको थियो ।

यो पत्रीका हरेक महिनाको १ गते प्रकाशन हुने प्रकाशकले जनाएकाे छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...