१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

 लिम्बुवान न्युज
                       

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ ।

यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर अहिले कुर्सी जडानका साथै खेलमैदानमा सम्याउ्ने, घाँस काट्ने र मञ्च सजाउने अन्तिम तयारी भइरहेको छ ।

मञ्चमा तीन सयजना बस्नका लागि कुर्सी जडान भइरहेकाले बाँकी प्यारापिटमा करिब तीन हजारभन्दा बढी दर्शक अटाउने व्यवस्था मिलाइएको छ । साथै, खेलमैदानको पूर्व, उत्तर र दक्षिण भागमा अस्थायी प्यारापिट निर्माण कार्य पनि सुरु गरिएको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी तथा उच्च गोलकर्तालाई २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ । हरेक खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ । जसमा त्रिभुवन आर्मी, एपिएफ र नेपाल पुलिस क्लबका महिला टिमसँगै भारत, भुटान र नेपालका तीन ए–डिभिजन क्लब पनि प्रतिस्पर्धा गर्नेछन् ।

नगरप्रमुख तथा प्रतियोगिताका संरक्षक मेगाहाङ थोप्राका अनुसार पक्की प्यारापिट निर्माण, खेलमैदान सुधारका काम लगभग सकिएको छ । अन्य पूर्वाधार निर्माणका कामहरू अन्तिम चरणमा छन् । प्रतियोगिता सञ्चालनमा करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

झापामा महिला फुटबलको इतिहास रच्ने यो गोल्डकपले महिला खेलाडीहरूको सपना, आत्मविश्वास र क्षमतालाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...