गजल

 लिम्बुवान न्युज
                       

गजल

  • लेकाली कान्छा मुक्कुम मादेन

गाउँले छिमेक मिल्दा–मिल्दै विभेद गर्ने सरकार देख्छु ।
मन्दिरमाथि करोड छुट्दा माङहिममाथि हजार देख्छु ।

ब्रम्हाण, क्षेत्री, बैश्य, शुद्र एउटै घरको सदस्य छौं
एउटा नहुँदा नि रेट्ने विरहको धार देख्छु ।

 

एकजनालाई बिराम पर्दा अर्को हातले दबाइ ख्वाउँछौं
ब्यर्थै माथिबाट यहाँ छुवाछुतको खबरदार देख्छु ।

राष्ट्रझण्डा भन्छन् तर त्यही साझा झण्डामाथि
बहिष्कार छन् कयौं पूmल एउटा फूलको मुहार देख्छु ।

सबै भाषा लिपि धर्म संस्कृतिको सम्मान भन्छन्
सरकारी त्यो काम–काजबाटै कयौं भाषामा बार देख्छु ।

गाउँघर शहर प्रदेशकै न्वारनको नाम हटाएर
अतिक्रमित बिरानो नाम राख्नेकै यो संसार देख्छु ।

बनको देउता भन्दा पनि देशकै देउता प्रतिकुल छ
रत ‘मुक्कुम’ तिम्रो उचाइ उन्नाइसबाट अठार देख्छु ।

ताप्लेजुङ्

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...