गजल

 लिम्बुवान न्युज
                       

गजल

  • लेकाली कान्छा मुक्कुम मादेन

गाउँले छिमेक मिल्दा–मिल्दै विभेद गर्ने सरकार देख्छु ।
मन्दिरमाथि करोड छुट्दा माङहिममाथि हजार देख्छु ।

ब्रम्हाण, क्षेत्री, बैश्य, शुद्र एउटै घरको सदस्य छौं
एउटा नहुँदा नि रेट्ने विरहको धार देख्छु ।

 

एकजनालाई बिराम पर्दा अर्को हातले दबाइ ख्वाउँछौं
ब्यर्थै माथिबाट यहाँ छुवाछुतको खबरदार देख्छु ।

राष्ट्रझण्डा भन्छन् तर त्यही साझा झण्डामाथि
बहिष्कार छन् कयौं पूmल एउटा फूलको मुहार देख्छु ।

सबै भाषा लिपि धर्म संस्कृतिको सम्मान भन्छन्
सरकारी त्यो काम–काजबाटै कयौं भाषामा बार देख्छु ।

गाउँघर शहर प्रदेशकै न्वारनको नाम हटाएर
अतिक्रमित बिरानो नाम राख्नेकै यो संसार देख्छु ।

बनको देउता भन्दा पनि देशकै देउता प्रतिकुल छ
रत ‘मुक्कुम’ तिम्रो उचाइ उन्नाइसबाट अठार देख्छु ।

ताप्लेजुङ्

सम्बन्धित समाचार

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...

टिकाराम उप्रेती पत्रकार मञ्च दमकको अध्यक्षमा निर्वाचित

दमक, २७ चैत । झापाको पश्चिम क्षेत्रको पत्रकारहरुको छाता संस्था पत्रकार मञ्च दमकको नवौ अधिवेशनले टिकाराम उप्रेतीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा भएको संस्थाको १३औं साधारण सभा तथा नवौ...

दमक नपाबाट इप्रका दमकलाइ मापसे तथा लापसे चेकजाँज गर्ने मेसिन प्रदान

दमक । दमक नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण गराउन सघाँउ पुयाँउने उद्देश्यले इलाका प्रहरी कार्यालय दमकलाई रु ५ लाख मूल्य बराबरका मादक पदार्थ तथा लागूऔषध सेवन पहिचान गर्ने सहयता सामाग्रीहरु दिएको छ । दमक नगरपालिका कार्यालय...

पाटनमा रङ नम्बरको विवादले लियो दुई दाजुभाइको ज्यान

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा भएको यो वि' भत्स घटनाको सुरुवात सामान्य ‘रङ नम्बर’बाट भएको प्रहरीले जनाएको छ। बुधबार साँझ इमाडोल बस्ने सुमित नेम्बाङ र उनका भाइ सिर्जन नेम्बाङले कसैलाई फोन गर्ने क्रममा...