दमकमा एकै दिन तीन संक्रमितको मृत्यु

 लिम्बुवान न्युज
                       

दमकमा संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ पुग्यो

दमक । दमकमा आज साँझ एकजना कोरोना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार आज साँझ ६ वजे दमक नगरपालिका वडा नं ७ की शाक्य थरकी ५५ वर्षिया महिलाको मृत्युभएसंगै दमकमा एकैदिन मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

चार दिन अघि संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी उनलाई उपचारका लागि दमकको एड्भान्स हस्पिटल ल्याउँदा ल्याउदै साँझ ६ बजे बाटैमा मृत्यु भएको हो । संक्रमणवाट दमकमा एकैदिन यतिका संख्यामा मृत्यु भएको याे पहिलो हो ।

यसअघि आज विहान मात्र दुई जना संक्रमित पुरुषको मृत्यु भएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १८ र जिल्लामा ४७ पुगेको छ । झापाकाे स्थानीय तहमा काेराेनाबाट सबैभन्दा धेरै मृत्यु हुनेमा दमक पहिलाे स्थानमा रहेकाे छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...