उज्ज्वल ठकुरीलाई सातौं पटक विश्व रेकर्डको उपाधि

 लिम्बुवान न्युज
                       

  • विजय थापा

    एजेन्सी। नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौं पटक गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ ।

आधा दर्जनभन्दा ज्यादा विश्व कीर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम विश्वको अगाडि राख्न पाउँदा गर्व लाग्ने बताए ।

फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० मा विश्व रेकर्डको मान्यता दिएको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दसैंको भोलिपल्ट अक्टोबर २७, २०२० बिहान ९:४५ मिनेटमा आफूले सातौं गिनिज वर्लेड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

उनको विश्व कीर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा पहिलो, नोभेम्बर २०१७ मा दोस्रो, नोभेम्बर २०१८ मा तेस्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाचौं, फेब्रुअरी २०२० मा छैटौं र फेब्रुअरी २०२० मै सातौं गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

काठमाडौंमा जन्मिएका ठकुरी २ दशकभन्दा अगाडि अमेरिका आएका हुन् । उनले कराँते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जनभन्दा पृथक विशेष अविष्कार छन् । ‘फांग खुकुरी काँटा र ‘फांग ब्रेकिङ्ग’मा सहित उपाधी प्राप्त गरिसकेका छन् ।

बिगतमा  भ्यानडम शैलीमा  ‘कुरो बुशि वर्ल्ड च्याम्पियन’ खेलमा समेत उनी सम्मानित भइसकेका छन् ।

सम्बन्धित समाचार

चुलाचुलीले राेक्याे दमकको फोहोर

दमक, ४ जेठ । गाँस, वास र कपाससँगै फोहोर व्यवस्थापनको समस्या पनि आवश्यकताका रुपमा बढ्दो छ । यो क्रम सहरीकरण हुँदै गएका ठाउँमा ठूलै समस्याका रुपमा खडा भएको देखिएको छ । पछिल्लो समय झापाको दमक...

लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

दमक, ४ जेठ। झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन रोकिदैन

दमक, ३ जेठ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले जेठ २ गते एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । ताप्लेजुङस्थित मुन्धुमीस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबो...

किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे । शनिबार कियाचु...